के स्वार्थले एउटा समूहलाई यत्रो लगानी गरे सांसद दवाडीले ?
काठमाडौं । गोरखा २ को (ख) प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले अजिरकोट गाउँपालिका ३ मा रहेको श्री सहनशील महिला समूहलाई भाँडाकुँडा प्रदान गरेका छन् ।
‘मेरो राजनीति समाजसेवाका लागि, मेरो राजनीति तपाइहरुको सेवाको लागि’ भन्ने मुख्य नारा बनाएका उनले यो नारालाई सार्थक बनाउँदै लगेका छन् । केही दिनअघि समूहको कार्यालय भवनको उद्घाटन गर्दै उनले समूहले आफूलाई प्रमुख अतिथि बनाएर बोलाएकोमा खुशी व्यक्त गरेका छन् । ‘समूहले जुन सम्मानका साथ बोलायो, यो पनि मेरो लागि एउटा उपलब्धी हो, म यसरी गाउँमै रमाउन चाहन्छु’ उनले भने ‘अहिले आवश्यक पर्ने भाँडाकुँडाका सामग्रीहरु तपेस, भाँडा, डाडु पून्यु, चम्चालगायतका सामग्री दिएको छु, पछि पनि फेरि सहयोग गर्ने छु ।’
समूहकी अध्यक्ष सुनिता गुरुङको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका प्रदेशका क्षेत्रीय उप–सभापतिहरु कृष्णकुमार श्रेष्ठ, बलबहादुर धिताल, गाउँपालिकाका कांग्रेस सभापति जंगबहादुर गुरुङ, कांग्रेसका महाधिवेशन प्रतिनिधि सुवास अधिकारीलगायतको उपस्थिति रहेको थियो । दवाडीले फेसबुकमा लेखेका छन् ‘ समूहका सदस्यहरुको अनुरोधमा मैले समूहका निम्ति व्यक्तिगत तर्फबाट आवश्यक भाँडाकुँडाहरु प्रदान गरेको छु, यसरी नै सधैंभरि जनताको सुःखदुःखमा सहभागी हुन पाउँ ।’ कांग्रेस, कम्युनिष्ट र अरु कुन पार्टीको मानिस हो भनेर आफूले कहिल्यै पनि नचिनेको र फरक व्यवहार नगरेको उनको भनाई छ । उनले समूहले कुनै कार्यक्रम गर्दा बस्न र खान समस्या भोग्नुनपर्ने बताए । अधिकांश समय गाउँमा जनतासँग नै रहने उनले विभिन्न संघसंस्थालाई आफ्नो व्यक्तिगत तर्फबाट आर्थिक र भौतिक सहयोग गर्दै आएका छन् ।
‘म जनताको मान्छे हुँ, मतदाताले बोलाएको ठाउँमा जान्छु र उहाँहरुको गुनासो सुन्छु’ उनले भने ‘उहाँहरुले नै जिताएर म सांसद भएको हुँ त्यसैले मैले कहिल्यै पनि आफू ठूलो मान्छे भएँ भन्ने सोचेको छैन र सोच्न पनि सक्दिन ।’ उनी बारम्वार मतदातासँग पुगेर उनीहरुको गुनासो सुन्नेमात्र होइन सकेसम्म समाधानको पहल गर्दै आएका छन् । मतदाताको समस्यालाई आफ्नै समस्या सम्झने उनी कहिले गरिव वस्तीमा पुगेर मतदातालाई आफूले लगाएको ज्याकेट प्रदान गर्छन्, कहिले बिरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्छन् । यतिमात्र होइन काजकिरिया गर्नेसम्म आर्थिक अवस्था नभएकालाई काजकिरिया खर्च पनि दिएका छन् ।
दवाडीको कामलाई मतदाताले पनि उच्च प्रशंसा गरेका छन् । उनले सांसदबापत पाउने पैसा पनि मतदाताकै लागि विकास निर्माणमा खर्च गरेका छन् । ‘कसैलाई दुःख नपरोस् भन्ने हो, अरु मानिस संकटमा पर्दा म हाँसेर हिँड्न सक्दिन’ उनले मतदातालाई सम्झँदै भने ‘उहाँहरुको विश्वासलाई धोखा दिन चाहन्न, मैले उहाँहरुजस्तो मतदाता पाउनु गर्वको कुरा हो ।’


ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





