लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले ग¥यो विश्वको उच्च स्थानमा सामुहिक रक्तदान
केके मानन्धर
काठमाडौं । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले सोलुखुम्बुको सल्लेरीस्थित योङ स्टार क्लबसँगको सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएको छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाको आधार शिबिर जाने मुख्य नाका तथा जिल्लाको सदरमुकाम हो ।
आयोजक टिमका अनिल तुलाधरले सोही दाबीलाई गिनिज बुक अफ वर्ड रेकर्डको लागि पहल गर्ने समेत जनाए । ुयसअघि यति धेरै अग्लो ठाउँमा धेरै जनाले एकैपटक रक्तदान गरेको हामीले भेटाएनौं । त्यसैले पनि विश्व जगतले चिन्ने सगरमाथाको काखमा आएर हामीले विश्व कीर्तिमानको लागि प्रयास गरेका छौं । तुलाधरको दाबी थियो ।
हुनपनि चिसो ठाउँ, ब्लड बैंक नभएको र प्राविधिक जनशक्ति अभाव भएको ठाउँमा रक्तदान गर्नु चुनौपूर्ण छ । समग्र सोलुखुम्बु जिल्लामै ब्लड बैंक छैन । त्यसैले पनि यस्तो दुर्गम ठाउँमा रक्तदान गर्नु चुनौतीपूर्ण छ । एक त रक्तदान गरेलगत्तै त्यसलाई सुरक्षित तबरले निर्धारित तापक्रममा सम्बन्धित ठाउँमा राख्नुपर्ने हुन्छ भने अर्कोतर्फ रगत संकलन गरेर प्रयोग गर्नु बेस हुन्छ । सोलुखुम्बुमा यी आधारहरू बनिसकेका छैनन् ।
त्यस्तै सोलुस्थित योङ स्टार क्लबका दिपक राजभण्डारीले जटिल स्वास्थ्य समस्यालाई जिल्लामै उपचार गर्नरगराउन असमर्थ रहेकोमा दुःख व्यक्त गरे । स्वास्थ्य सम्बन्धिको थप उपचार गराउन हेलिकप्टरमार्फत काठमाडौं लानुपर्ने बाध्यता रहेकोमा स्थानिय स्तरमै सुविधा सम्पन्न अस्पताल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमको लागि सञ्चार संयोजनको जिम्मेवारी पाएका लक्ष्मण जोशीले दुर्गम ठाउँको रक्तदान कार्यक्रमले रगत सम्बन्धिको महत्त्व र आवश्यकता विषयमा सकारात्मक
सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
काठमाण्डुदेखि कात्तिक २५ गते हिँडेको टोलीले सल्लेरीको सुरक्षा संयन्त्र, जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानिय खेलकुद समिति तथा अन्य संस्थाहरूसँग सहकार्य गरेको छ । कार्यक्रममा कान्तिपुर अस्पतालको ब्लड स्टान्सफ्यूजन सेन्टरले प्राविधिक रूपमा सहकार्य गरेको छ भने स्थानिय जनप्रतिनिधि, रोटरी क्लब अफ ठमेल, पिएमजेएफ दिपक खरेल, सेकेन्ड भिडिजी मणिश्री रत्न बज्राचार्य, योगेश जोशी, टीका होलिडेज्, हिमाली ब्रेड, हिलबर्ड सेभिङ एण्ड क्रेडिट लिमिटेड, तारा एअर, तारामण्डल महिला सशक्तीकरण अभियान, रिलायन्स सिमेन्ट, धालासिक्व टोल संरक्षण परिवारले सहयोग गरेको छ ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





