लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले ग¥यो विश्वको उच्च स्थानमा सामुहिक रक्तदान

२०७८ मंसिर २ गते, बिहीबार

केके मानन्धर
काठमाडौं । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले सोलुखुम्बुको सल्लेरीस्थित योङ स्टार क्लबसँगको सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएको छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाको आधार शिबिर जाने मुख्य नाका तथा जिल्लाको सदरमुकाम हो ।
आयोजक टिमका अनिल तुलाधरले सोही दाबीलाई गिनिज बुक अफ वर्ड रेकर्डको लागि पहल गर्ने समेत जनाए । ुयसअघि यति धेरै अग्लो ठाउँमा धेरै जनाले एकैपटक रक्तदान गरेको हामीले भेटाएनौं । त्यसैले पनि विश्व जगतले चिन्ने सगरमाथाको काखमा आएर हामीले विश्व कीर्तिमानको लागि प्रयास गरेका छौं । तुलाधरको दाबी थियो ।
हुनपनि चिसो ठाउँ, ब्लड बैंक नभएको र प्राविधिक जनशक्ति अभाव भएको ठाउँमा रक्तदान गर्नु चुनौपूर्ण छ । समग्र सोलुखुम्बु जिल्लामै ब्लड बैंक छैन । त्यसैले पनि यस्तो दुर्गम ठाउँमा रक्तदान गर्नु चुनौतीपूर्ण छ । एक त रक्तदान गरेलगत्तै त्यसलाई सुरक्षित तबरले निर्धारित तापक्रममा सम्बन्धित ठाउँमा राख्नुपर्ने हुन्छ भने अर्कोतर्फ रगत संकलन गरेर प्रयोग गर्नु बेस हुन्छ । सोलुखुम्बुमा यी आधारहरू बनिसकेका छैनन् ।
त्यस्तै सोलुस्थित योङ स्टार क्लबका दिपक राजभण्डारीले जटिल स्वास्थ्य समस्यालाई जिल्लामै उपचार गर्नरगराउन असमर्थ रहेकोमा दुःख व्यक्त गरे । स्वास्थ्य सम्बन्धिको थप उपचार गराउन हेलिकप्टरमार्फत काठमाडौं लानुपर्ने बाध्यता रहेकोमा स्थानिय स्तरमै सुविधा सम्पन्न अस्पताल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमको लागि सञ्चार संयोजनको जिम्मेवारी पाएका लक्ष्मण जोशीले दुर्गम ठाउँको रक्तदान कार्यक्रमले रगत सम्बन्धिको महत्त्व र आवश्यकता विषयमा सकारात्मक
सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
काठमाण्डुदेखि कात्तिक २५ गते हिँडेको टोलीले सल्लेरीको सुरक्षा संयन्त्र, जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानिय खेलकुद समिति तथा अन्य संस्थाहरूसँग सहकार्य गरेको छ । कार्यक्रममा कान्तिपुर अस्पतालको ब्लड स्टान्सफ्यूजन सेन्टरले प्राविधिक रूपमा सहकार्य गरेको छ भने स्थानिय जनप्रतिनिधि, रोटरी क्लब अफ ठमेल, पिएमजेएफ दिपक खरेल, सेकेन्ड भिडिजी मणिश्री रत्न बज्राचार्य, योगेश जोशी, टीका होलिडेज्, हिमाली ब्रेड, हिलबर्ड सेभिङ एण्ड क्रेडिट लिमिटेड, तारा एअर, तारामण्डल महिला सशक्तीकरण अभियान, रिलायन्स सिमेन्ट, धालासिक्व टोल संरक्षण परिवारले सहयोग गरेको छ ।

115 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal