क्षेत्रीय सभापतिमा जोशीको दाबी किन ?

२०७८ मंसिर ५ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट मनिष जोशी (राम) ले क्षेत्रिय सभापतिको दाबी गरेका छन् ।
शनिबार बसुन्धराको दियालो फुडल्याण्डमा आयोजित उम्मेदवारी घोषणा तथा चियापान कार्यक्रममा उनले सभापतिको उम्मेदवार भएको घोषणा गरेका हुन् । जोशी लामो समयदेखि पार्टीको राजनीति गर्दै आएका छन् । राजनीतिसँगै सामाजिक कार्यमा पनि लागेका उनले मतदाता तथा शुभचिन्तकसँग आफ्ना एजेण्डा अघि सारेका छन् । ‘मैले पहिले पनि सहमतिका नाममा अरुलाई छोड्दै आएको हुँ, अब भनें सबैको सल्लाहमा सभापतिको लागि अघि बढेको हुँ’ उनले भने ‘ सबैको सहयोग पाएको छु त्यसैले पनि मलाई जित्छु भन्ने लागिरहेको छ ।’ उनले कार्यक्रममा उपस्थितसँग सुझाव पनि मागेका थिए । कार्यक्रममा उनले आफूले यसअघि गरेका विभिन्न कार्यक्रमको तस्विर पनि प्रदर्शन गरेका थिए ।
पारिवारिक राजनीतिबाट हुर्किएका उनको राजनीतिमा बेग्लै इतिहास रहेको छ । उनले पार्टीलाई गतिशील बनाउन आफ्नो उम्मेदवारी भएको बताए । वाल्यकालदेखि नै राजनीतिमा सक्रिय उनले पार्टीको विभिन्न तहमा बसेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । ‘जिम्मा पाएको काम गरेरै छोडेको छु त्यसैले अब पनि सभापति भएपछि यो क्षेत्रलाई चलायमान बनाउँछु’ उनले भने ‘हामी अब विभिन्न तहको निर्वाचनको मुखमा छौं त्यसैले पनि मेरो नेतृत्वले ती सबै जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्छ, कांग्रेसलाई जिताउने गरी काम गर्छु ।’ उनी १८ वर्षको हुँदा २०४६ सालबाट नै राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी २०४८ सालको क्रियाशील सदस्य हुन् । उनी कांग्रेसको लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सचिव पनि हुन् । पटक पटक पार्टीको निर्वाचन परिचालन समितिमा बसेर उनले जिम्मेवारी वहन गरिसकेका छन् ।
कांग्रेसको १३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि भएका उनी राजनीतिलाई समाजसेवा ठान्छन् । ‘अनुशासन, इमानदारिता, निष्ठा र निरन्तरता, सबल सक्षम संगठन चारतारे र रुख मेरो प्रतिबद्धता’ भन्ने मुख्य नारा बनाएका उनले पटक पटक आफ्नो प्रतिबद्धता मतदातासामु स्पष्ट पार्दै आएका छन् । उनले भूकम्पका बेला र कोरोना संक्रमणको समयमा आफ्नो व्यक्तिगत तर्फबाट विभिन्न जिल्लामा पुगेर राहत तथा उद्धारको काममा सक्रियता देखाएका थिए । ‘ म जनताको मान्छे हुँ, ठूलो कुरा गर्न आउँदैन, म त सधैं काममा विश्वास गर्छु’ उनले भने ‘अब जिम्मेवारी पाए कामलाई थप निरन्तरता दिन सजिलो हुन्छ र त्यसले कांग्रेसलाई मात्र नभएर समाजलाई नै फाइदा गर्छ ।’

111 Views

ताजा

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

अमेरिकाको ७ राज्यमा संकटकाल

२०८१ पुष २२ गते, सोमबार

टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ

२०८१ पुष २२ गते, सोमबार

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

२०८१ पुष २२ गते, सोमबार

एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal