प्रधानन्यायाधीश प्रकरणः विचौलियाहरुको स्वार्थ पूरा नहुने संकेत
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सडकबार्टै फाल्ने नेपाल बार एशोसिएशनको चाहना पूरा नहुने सम्भावना बढेर गएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा नदिने चट्टानी अडान र राजनीतिक दलहरुको मौनताका कारण प्रधानन्यायाधीश जबरा विरुद्ध नेपाल बार एशोसिएशनले शुरु गरेको आन्दोलन तुहिने संकेत बढ्दै गएको विश्लेषकहरुको ठम्याई छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको आन्दोलन न्यायालयमा विचौलियाको काम गर्दै आएका केही वरिष्ठ वकिलहरुको स्वार्थसिद्धि र उक्साहटमा भएको आम बुझाई पछि यो आन्दोलनले गति लिन नसक्ने निष्कर्षसहित कतिपय कानून व्यवसायीहरु पछि हट्दै गएका छन् ।
चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश नियुक्त भएयता उनीहरुको स्वार्थ पूरा नभएका कारण बार र बेन्चलाई उचालेर धमिलो पानीमा माछा मार्ने प्रयत्नमा विचौलिया वकिलहरु रहेको कानून व्यवसायीहरुले नै बताउँदै आएका छन् । यसका लागि नेपाल बारका पूर्वअध्यक्ष शम्भू थापादेखि रमण श्रेष्ठसम्म लागेका छन् । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठमार्फत न्यायाधीशहरुसँग सेटिङ मिलाएर मुद्धाको छिनोफानो गर्दै आएका वरिष्ठ अधिवक्ता थापाहरु जसरी पनि प्रधानन्यायाधीश राणालाई हटाएरै छोड्ने अभियानमा अहिले पनि क्रियाशिल छन् । प्रधानन्यायाधीश जबरालाई हटाउँदा प्रत्यक्ष फाइदा लिन पाइने आंकलन सहित पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र वरिष्ठ अधिवक्ता थापाले शुरु गरेको आन्दोलनलाई उचाईमा पु¥याउन इजालस नै बहिष्कार गरेर आन्दोलनमा होमिएका सर्वोच्च अदालतका २० जना न्यायाधीशहरु अहिले साँच्चिकै अप्ठ्यारोमा परेका छन् । प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनविरुद्ध जनमत बढ्दै गएपछि उनीहरुको होस हवास उड्न पुगेको छ । अन्ततः उनीहरु प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनबाट पछि हटेर इजलासमा फर्कनुको विकल्प नरहेको कतिपयको विश्लेषणलाई गलत मानि हाल्ने अवस्था छैन । केहीदिन अघिसम्म आन्दोलनलाई साथ दिएपनि कतिपय न्यायाधीशहरु इजलासमा फर्किसकेको अवस्था छ । उनीहरुले बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटको सुनुवाई गरेर आदेश समेत जारी गरिसकेका छन् । केहीदिन भित्रै अन्य न्यायाधीशहरु पनि बाध्य भएर इजलासमा फर्कनु पर्ने अवस्थाको सिर्जना हुँदै गएको विश्लेषकहरुको ठम्याई छ ।
न्यायालयभित्र बढ्दो विकृति र भ्रष्टाचारलाई कारण बनाएर जसले प्रधानन्यायाधीश विरुद्ध आन्दोलनको भित्री अगुवाई गरेका थिए । अहिले त्यो आरोप उनीहरुतिरै फर्किएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापा र रमण श्रेष्ठहरु पैसाको बिटो लिएर आफ्नो पक्षमा फैसला गर्नका लागि न्यायाधीशहरुको दैलोमा पुग्ने गरेको आरोपको पुष्ट्याईँ उनीहरुबाट हुन थालेको चर्चा कानून व्यवसायीमाझ चल्न थालेको छ । कतिपय सार्वजनिक अभिव्यक्तिमा थापा र श्रेष्ठले अप्रत्यक्ष रुपमा त्यही कुराको संकेत आफैले गरेका छन् । उनीहरुका मुख्य सहयोगी पूर्व न्यायाधीश श्रेष्ठ रहेको कानून व्यवसायीहरुको दावी छ ।
प्रधान न्यायाधीशविरुद्धको आन्दोलनमा अगाडि सर्वोच्चकै कतिपय न्यायाधीश र नेपाल बार देखिए पनि यसको सञ्चालन श्रेष्ठले नै गरिरहेको आरोपको तथ्यपूर्ण खण्डन हुन सकेको छैन । न्यायाधीश र बारलाई अगाडि सारेर प्रधानन्यायाधीशलाई राजिनामा गराउने र दीपक कुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने उनीहरुको योजनामा राजनीतिक दलहरुसमेत अहिले बाधक देखिएका छन् । आन्दोलनबाट प्रधानन्यायाधीश राणालाई हटाउन नसकेपछि राजनीतिक दलहरुलाई दबाब दिएर उनीविरुद्ध प्रयोग गर्ने उनीहरुको योजना पनि असफल बनेको छ । विशेषगरी सत्तारुढ गठबन्धन र विपक्षी एमालेले यो प्रकरणमा मौनता साँधेपछि अहिले आन्दोलनकारी न्यायाधीश र वकिलहरुमा निराशा छाउन थालेको छ । आफू संवैधानिक बाटोबाट नियुक्त भएका कारण पदमुक्ति पनि सोही अनुसार हुने प्रधानन्यायाधीश जबराको स्पष्टोक्तिपछि विचौलिया वकिलहरु राजनीतिक दलहरुलाई दबाब बढाउन पुगेका थिए । तर, राजनीतिक दलहरुले उनीविरुद्ध महाअभियोग नलगाउने भएपछि आन्दोलनकारीहरुमा छटपटि बढ्नु अस्वभाविक होइन । त्यसमाथि विभिन्न समूह बनाएर कानून व्यवसायीहरुले नै नेपाल बारको आन्दोलनविरुद्ध अर्को आन्दोलन शुरु गरेपछि अर्को संकट उनीहरु सामू आइलागेको छ ।
नेपाल बारको आन्दोलनले न्याय क्षेत्रलाई बन्धक बनाउने काम गरेको आरोप कानून व्यवसायीहरुको छ । उनीहरुले यो अवस्थामा राजिनामा नदिई प्रधानन्यायाधीशले संविधान र कानून अनुसार अदालत सञ्चालन गर्नुपर्ने दबाब समेत बढाएका छन् । बारको यो आन्दोलनलाई न्यायालय आफ्नो प्रभावमा राख्ने विचौलिया वकिलहरुको प्रयासका रुपमा असन्तुष्ट कानून व्यवसायीहरुले अथ्र्याउने गरेका छन् । विचौलियाहरुको यो प्रयास असफल भए न्याय क्षेत्रमा देखिएको आधा विकृति आधा अन्त्य हुने उनीहरुको तर्क छ । उनीहरुको तर्क बलियो बन्दै गएपछि आन्दोलनकारीहरुले चिसै पानीमा नुहाउनु पर्ने अवस्था सिर्जना हुँदै गएको टिप्पणी हुन थालेको छ ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





