ओलीलाई टक्कर दिन रावल भिड्ने

२०७८ कार्तिक २५ गते, बिहीबार

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । एमालेले महाधिवेशनलाई सफल पार्न विभिन्न समिति बनाएर काम अघि बढाइरहेको छ ।
महाधिवेशनको तयारीका लागि समितिले काम गरिरहेको छ । महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै अध्यक्ष उठ्ने निश्चितजस्तै छ । ओलीको विरुद्धमा उठ्छु भनेर अहिलेसम्म कसैले भन्न सकेका छैनन् । ओलीले अध्यक्ष रहेर पार्टीमा गरेको योगदानको सर्वत्र चर्चा गरिएको छ । ओलीले पार्टी बनाएको र देशव्यापी संगठन गरेकाले पनि ओलीको विकल्पमा कसैले कल्पना पनि गर्न सक्दैनन् ।
ओलीले प्रधानमन्त्री हुँदा गरेका विकास निर्माणका कामले पनि उनलाई थप बलियो बनाएको छ । कोहीसँग पनि नझुक्ने र प्रष्ट विचार लिएर अघि बढेकाले नै उनको जय जयकार गाउन थालिएको छ । राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको उनको अडानले नेपालीमात्र होइन विश्व नै चकित छ । ओलीले ५ वर्षसम्म आफ्नो कार्यकाल पूरा गर्न पाएका भए उनको प्रतिष्पर्धामा नेपालका कोही पनि नेता पुग्न सक्दैनथे तर जति काम गरे ती सबै स्मरणीय छन् । ओलीको सर्वत्र प्रशंसा हुन थालेपछि नै देशी विदेशी तत्वको चलखेलमा उनलाई प्रधानमन्त्रीबाट हटाइएको प्रष्टै छ । कुनै पनि विदेशीको दलाली नगर्ने र सत्य कुराको अडान लिएका कारण नै उनी पटक पटक विभिन्न पक्षको निशाना बन्दै आए पनि कहिल्यै पनि चुकेनन् र झुकेनन् ।
ओलीले अध्यक्ष भएर पार्टी विस्तारसँगै सरकारलाई पनि राम्रोसँग सञ्चालन गरेका थिए । अलपत्र परेका राष्ट्रिय गौरवका आयोजनालाई सञ्चालन गर्नु, जनताको दैनिक जीवनस्तर उकास्ने काम गर्नु, अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्नु चानचुने उपलब्धी होइन । आफू सरकारमा हुँदा काम नगर्ने र बाहिर बसेर सधैं विरोध गरिरहनेले नै उनीमाथि प्रहार गर्दै आए । ओली पछिल्लो समयमा देशव्यापी पार्टी विस्तार अभियानमा लागेका छन् । उनी जहाँ गएर भाषण गर्दा पनि जनताले राम्रो समर्थन गरेका छन् भनें सयौंका संख्यामा पार्टी प्रवेश गर्नेको लहर पनि चलेको छ । ओलीले नेकपा फुटाउन र एमालेलाई विभाजन गर्न पनि ठूलो खेल भएको आरोप लगाउँदै आएका छन् । ओलीले भारतले नेपालको भूमी मिचेर आफ्नो नक्सामा राखेको लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता गर्ने पहल गरेकै कारण उनी निशाना बनेका थिए । भारत नेपालमाथि सधैं आफ्नो आधिपत्य जमाउन चाहने भएकाले पनि ओलीको सरकार भारतको लागि पनि बाधक बन्न पुग्यो त्यसैले पनि भारत पनि ओलीको विपक्षमा रहन गयो ।
मंगलबार आफ्नो गृहजिल्ला अछाम पुगेर नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले आफू पनि अध्यक्षमा उठ्न सक्ने बताए । कार्यकर्ताले अध्यक्ष उठ्नुपर्छ भनेपछि हौसिएका उनले निर्वाचनमा जीत र हारलाई स्वाभाविक ढंगले लिनुपर्ने पनि उल्लेख गरे । उनले कार्यकर्ताको भावनाको सम्वोधन गर्ने र आफू पछि नहट्ने बताए । रावल राजनीतिक रुपमा अस्थिर पात्रका रुपमा चिनिन्छन् । आफ्नो फाइदका लागि पार्टीलाई जे पनि गर्न तयार हुने पात्रका रुपमा रावल चिनिँदै आएका छन् । उनी अध्यक्ष ओलीलाई धम्क्याउन पनि पछि पर्दैनन् । सरकार सञ्चालन गर्दा पनि प्रधानमन्त्रीको विरुद्धमा सबैभन्दा बढी आलोचना गर्ने रावल नै थिए । रावल हिजोको दिनमा माधवकुमार नेपालसँग लागेर पाइलैपिच्छे ओलीको विरुद्धमा आवाज बोल्दै आएका हुन् । सत्तामा जान मरिहत्ते गर्ने उनको स्वभाव र आचरण सबै कार्यकर्ताले बुझेकाले पनि रावलको प्रत्येक अभिव्यक्तिलाई पार्टीका नेता तथा कार्यकर्ताले नजिकैबाट बुझेका छन् ।
ओलीको नेतृत्वमा नै पार्टी एकपटक सशक्त ढंगले अघि बढ्ने भएकाले कुनै पनि नेता र कार्यकर्ताले ओलीको विकल्पमा कल्पना पनि गर्न सकेका छैनन् ।

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal