संकटमा प्रधानमन्त्री देउवा
काठमाडौं । देउवा प्रधानमन्त्री भएको १ सय दिन पुगेको छ । यो समयलाई ‘हनिमुन पिरियड’ भनिन्छ । यो समयमा सरकारले खासै नराम्रो काम गरे पनि विरोध गर्न नहुने र सच्चिने मौका दिने प्रचलन नै छ तर देउवाको यो समय पनि त्यत्तिकै बितेको छ ।
देउवाले केही राम्रो काम गरेर आफ्नो छाप राख्नुपर्नेमा बदनामीमात्र कमाएका छन् । संविधान र विधानविपरीत काम गर्दै आएका देउवालाई न त जनताको समर्थन छ न त अन्तर्राष्ट्रिय जगतको नै । सर्वोच्च अदालतको परमादेशको आधारमा प्रधानमन्त्री भएका उनले देशको हितमा भन्दा पनि आफ्नो स्वार्थमा मात्र सरकारलाई दुरुपयोग गर्दै आएका छन् । सरकारलाई पूर्णता दिन नै ८८ दिन लगाएपछि उनलाई हेर्ने जनताको नजर नै राम्रो भएन । उनले सत्तारुढ गठबन्धनबीच नै सहमति खोज्न सकिरहेका छैनन् । आपसी सहमतिको अभावमा सरकार कसरी चल्ने हो त्यसबारे कुनै दृष्टिकोण आउन सकेको छैन । सत्तारुढबीच विभिन्न स्वार्थ भएकाले देउवाले कसैलाई पनि चित्त बुझाउन सकिरहेका छैनन् । आफ्नै सरकार घाँडो भएकाले उनी समयभन्दा अघि नै ‘अर्ली इलेक्सन’ गर्ने सोचमा पुगेका छन् । उनले यसबारे सत्तारुढ दलसँग छलफल गर्ने समेत जनाएका छन् ।
देउवाले आफ्नै पार्टीभित्र पनि चित्त बुझ्ने गरी सरकार चलाउन सकेका छैनन् । देउवाले गरेका प्रत्येक काम कारबाहीमा पार्टीका नेताहरुले विरोध जनाउँदै आएका छन् । देउवाले सरकारलाई कमाउने र पार्टीको महाधिवेशनमा पैसा खर्च गर्नुका साथै सत्ताको आडमा सभापति जित्ने दाउ गरेका छन् । देउवाले सभापति हुनका लागि जस्तोसुकै उपाय पनि अपनाउने भएका छन् ।
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





