प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने आधार र कारण छन्ः रामनारायाण बिडारी

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन् । तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाई छ । उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए । उनले भने,‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ । न्यायालय बलियो बनाउनुपर्छ । यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ ।’
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु यो विडम्बनाकोअवस्था भएको बताए । उनले भने,‘बास्तवमा प्रधानन्यायधीश र सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरुबीच जुनक प्रकारको द्धन्द्ध चलेको छ, यो बिडम्बनाको अवस्था हो । प्रधानन्यायधीश भनेको न्यायापालिकाको नेता हो । न्यायलयभित्र यत्रो वितण्डा आउनु, पूर्व प्रधानन्यायाधीशहरुले जबराले न्यायलय हाँक्न सक्नुहुन्न भन्नु, बारले पनि राजीनामा माग्नु, सबै न्यायाधीशहरुले समस्त ईजलाश बहिष्कार हुनु, अनि न्यायाधीशहरुले प्रधानन्यायाधीशमा कार्यदक्षताको अभाव भयो भनेर भन्नु उहाँमाथि महाभियोग लगाउनसक्ने आधार र कारण बन्यो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले भने प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे अहिले कुनै छलफल नै नगरेको स्पष्ट पारे । उनले आफूले प्रधानन्यायाधीशको राजीनामा नमाग्ने पनि उल्लेख गरे । बरु, महाभियोग लगाउने कुरा संवैधानिक हुने उनको तर्क छ। उनले भने,‘महाभियोग लगाउने कारण सर्वोच्च अदालतमा जुन मुद्दा पर्यो नि, संवैधानिक परिषद र नियुक्तीको बारेमा, उहाँको विरुद्धमा मुद्दा पर्यो । मुद्दा परेको एक वर्ष भयो, तर अहिलेसम्म उहाँले पेशी पनि तोक्नुभएन। संवैधानिक अंग थर्रथर्र भएका छन्। त्यस्तो परिस्थितिको सिर्जना उहाँले गर्नुभयो, त्यसैले महाभियोग त संसद्को अधिकारको कुरा हो । प्रतिनिधिसभाको कुरा हो ।’ बिडारीले महाभियोग प्रस्ताव कसरी दर्ता हुन्छ भनेर संसदीय प्रक्रियासमेत सुनाएका थिए ।
उनले भने,‘तीन जना सांसदले उहाँलाई आरोप लगाएर आएको उजुरी प्रमाणित भएको खण्डमा, ११ जनाको समिति बन्छ, त्यो समितिले छानबिन गर्छ । छानबिनबाट प्रमाणित भएको देखिएमा समितिले संसद्लाई सिफारिश गर्छ । एक चौथाईले महाभियोग प्रस्ताव दर्ता गर्छ ।’ उनले प्रधानन्यायाधीश जबराले आज न्यायाधीशहरुसँगको भेटमा आफू संविधानअनुसार नियुक्ती भएको हुँ र हहटाउने भएपनि संवैधानिक प्रक्रियाअनुसार हटाउ भन्नु भनेको महाभियोग फेश गर्न तयार छु भनेको पनि उल्लेख गरे ।
उनले भने,‘म पनि राजीनामा दिन भन्दिन् । महाभियोग लगाउने कुरा संवैधानिक कुरा हो । अहिले न्यायकर्मीहरु जागेका छन् । यस्तो घट्ना आजसम्म नेपालमा भएको थिएन । अहिले पक्कैपनि प्रधानन्यायधाीशले यो कुरालाई बुझेर कदम चाल्नुपर्छ ।’ उनले अहिले प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको विषयमा प्रतिनिधिसभाको विघटनको मुद्दाको हवला दिनु गलत भएको पनि जिकिर गरे । उनले भने,‘प्रतिनिधिसभा विघटनको मुद्दाको फैसलामा कसैको पनि विमति छैन् । इजलाशमा रहेका पाँच जनाको एकमत छ।’

200 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal