पुर्व सुरक्षाकर्मी परिषद्ले भन्यो– भुटानी मोडेलको राजसंस्था हामीलाई आवश्यक छैन
काठमाडौं । नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्भभौमिकता माथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको पूर्व सुरक्षाकर्मी परिषद्को धारणा रहेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै परिषद्ले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आम नेपालीलाई एकजुट हुन आग्रह गरेको हो ।
भारतीय पूर्व राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाडौं डिले’मा‘ रिसेटिङ इण्डिया–नेपाल टाईज’ मा नेपाल र नेपालीको स्वाभिमान माथि गम्भिर आक्रमण भएको, नेपालको अहित हुनेगरि भारतले विगतमा नेपाल विरुद्व गरेका अक्षम्य अपराधहरुको भरण पोषण गरेको समेत परिषद्को आरोप छ ।
कार्यक्रममा बोल्दै पुर्व डिआईजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर गरिरहेको प्रयास र नेपाली जनताको सार्वभौमसत्ता माथि सधै खेलिरहने भारतको मनसाय कायमै रहेको बताए ।
भारतसंग मैत्रीपूर्ण सम्बादबाट समस्याको समाधान खोजिनुपर्ने समेत उनको भनाई रहेको छ । राष्ट्रियता बचाई राख्न कुटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उनले पूर्व सुरक्षा निकायमात्रै नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेलाई आईसकेको उनको धारणा रहेको छ । कहिले पनि कसैको गुलाम नभएको देशको राष्ट्रियता माथी कसैले सवाल उठाउँछ भने पूर्व सुरक्षाकर्मी कुनैपनि हालतमा चुप लागेर नबस्ने समेत उनको चेतावनी छ ।
त्यस्तै, कार्यक्रममा बोल्दै पूर्व जर्नेल डा. प्रेमसिह बस्न्यातले विकासका नाममा एमसीसी भित्राउन र कोही भूटानी मोडेलको राज्य स्थापना गरि सिक्कीमे लेन्डुप बनाउने अभिप्राय रहेको हुँदा यस्तो लोन्डुपे प्रवृतीको विरुद्व एक भई उभिनुपर्नेमा जोड दिए । सार्वभौम स्वतन्त्रता र स्वाधिनतालाई कुल्चने भु्टानी मोडलको राजसंस्था आवश्यक नरहेको उनको भनाई छ ।
यदि देश र जनतालाई आवश्यक महशुस भए नेपालीले नै आवश्यकता अनुसारको राजसंस्था स्थापना गर्न सक्षम रहेको उनले बताए । सुगौली सन्धिपछि नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक सुरक्षा सबैभन्दा कमजोर दुर्बल भएको, नेपाली जनता निर्णायक नभै विदेशीहरु निर्णायक रहदै आएको उनको भनाई छ । तिनै तत्वहरुले नेपाली धर्म सस्कृती, नेपाली भाषा, नेपाली सेना, नेपाल प्रहरी सबैलाई कमजोर बनाउँन खोजेको समेत उनको दाबी छ ।
यसैगरी, कार्यक्रममा सामाजिक अभियन्ता राजेन्द्र केशरी पाण्डेले नेपाल कहिल्यै कसैको गुलाम नभएको भन्दै राष्ट्रियताको सवालमा प्रश्न उठाउछ भने पुर्व सुरक्षाकर्मी कुनै हालतमा चुप नबस्ने बताए । उनले भने,‘यस्ता किसिमका क्रियाकलापका खातिर सदैब खबरदारी गर्दै परिआए राष्ट्रका लागि बलिदानी दिन समेत तयार छौ ।’
त्यस्तै, घाइते तथा अपांग संघ तथा भुपु सुरक्षाकर्मी संघका उपाध्यक्ष हिमाल अर्यालले विकासको नाममा एमसीसी भित्राउन र कोही भुटानी मोडेलको राज्य स्थापना गरी सिक्कीमे लेन्डुप बनाउने अभियानमा आएको हुँदा लेन्डुपे प्रवृतिका बिरुद्ध कटिबद्ध भई अगाडी बढ्ने चेतावनी दिए । उनले भने,‘हाम्रो सार्वभौम स्वतन्त्रता र स्वाधिनतालाई कुल्चने भुटानी मोडेलको राजसँस्था हामीलाई आवश्यक छैन् । देश र जनतालाई आवश्यक महसुस भए नेपालीहरु नै राजसंस्था स्थापना गर्न सक्षम छौ ।’
कार्यक्रममा संयोजक केबी रावतले प्रेस बिज्ञप्ती पढेर सुनाएका थिए । कार्यक्रमको संचालन हेमशंकर जेडीले गरेका थिए । पुर्व सुरक्षाकर्मीका थुप्रै वक्ताहरुले कार्यक्रममा आफ्नो अभिव्यक्ति दिएका थिए ।
ताजा
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





