प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने आधार र कारण छन्ः रामनारायाण बिडारी

२०७८ कार्तिक ९ गते, मंगलवार

काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गरेका छन् । तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उनको भनाई छ । उनले महाभियोग नै लगाउने भए एमालेसहितको दलले निर्णय गर्नुपर्ने बताए । उनले भने,‘महाभियोगको विषयमा त न एमाले न गठबन्धन, सबै एकमत हुनुपर्छ । न्यायालय बलियो बनाउनुपर्छ । यो दृष्टिकोणले दलले निर्णय गर्नुपर्छ ।’
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले न्यायालयमा प्रधानन्यायाधीश र बाँकी न्यायाधीशहरुबीच द्वन्द्व चल्नु यो विडम्बनाकोअवस्था भएको बताए । उनले भने,‘बास्तवमा प्रधानन्यायधीश र सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरुबीच जुनक प्रकारको द्धन्द्ध चलेको छ, यो बिडम्बनाको अवस्था हो । प्रधानन्यायधीश भनेको न्यायापालिकाको नेता हो । न्यायलयभित्र यत्रो वितण्डा आउनु, पूर्व प्रधानन्यायाधीशहरुले जबराले न्यायलय हाँक्न सक्नुहुन्न भन्नु, बारले पनि राजीनामा माग्नु, सबै न्यायाधीशहरुले समस्त ईजलाश बहिष्कार हुनु, अनि न्यायाधीशहरुले प्रधानन्यायाधीशमा कार्यदक्षताको अभाव भयो भनेर भन्नु उहाँमाथि महाभियोग लगाउनसक्ने आधार र कारण बन्यो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले भने प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे अहिले कुनै छलफल नै नगरेको स्पष्ट पारे । उनले आफूले प्रधानन्यायाधीशको राजीनामा नमाग्ने पनि उल्लेख गरे । बरु, महाभियोग लगाउने कुरा संवैधानिक हुने उनको तर्क छ। उनले भने,‘महाभियोग लगाउने कारण सर्वोच्च अदालतमा जुन मुद्दा पर्यो नि, संवैधानिक परिषद र नियुक्तीको बारेमा, उहाँको विरुद्धमा मुद्दा पर्यो । मुद्दा परेको एक वर्ष भयो, तर अहिलेसम्म उहाँले पेशी पनि तोक्नुभएन। संवैधानिक अंग थर्रथर्र भएका छन्। त्यस्तो परिस्थितिको सिर्जना उहाँले गर्नुभयो, त्यसैले महाभियोग त संसद्को अधिकारको कुरा हो । प्रतिनिधिसभाको कुरा हो ।’ बिडारीले महाभियोग प्रस्ताव कसरी दर्ता हुन्छ भनेर संसदीय प्रक्रियासमेत सुनाएका थिए ।
उनले भने,‘तीन जना सांसदले उहाँलाई आरोप लगाएर आएको उजुरी प्रमाणित भएको खण्डमा, ११ जनाको समिति बन्छ, त्यो समितिले छानबिन गर्छ । छानबिनबाट प्रमाणित भएको देखिएमा समितिले संसद्लाई सिफारिश गर्छ । एक चौथाईले महाभियोग प्रस्ताव दर्ता गर्छ ।’ उनले प्रधानन्यायाधीश जबराले आज न्यायाधीशहरुसँगको भेटमा आफू संविधानअनुसार नियुक्ती भएको हुँ र हहटाउने भएपनि संवैधानिक प्रक्रियाअनुसार हटाउ भन्नु भनेको महाभियोग फेश गर्न तयार छु भनेको पनि उल्लेख गरे ।
उनले भने,‘म पनि राजीनामा दिन भन्दिन् । महाभियोग लगाउने कुरा संवैधानिक कुरा हो । अहिले न्यायकर्मीहरु जागेका छन् । यस्तो घट्ना आजसम्म नेपालमा भएको थिएन । अहिले पक्कैपनि प्रधानन्यायधाीशले यो कुरालाई बुझेर कदम चाल्नुपर्छ ।’ उनले अहिले प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको विषयमा प्रतिनिधिसभाको विघटनको मुद्दाको हवला दिनु गलत भएको पनि जिकिर गरे । उनले भने,‘प्रतिनिधिसभा विघटनको मुद्दाको फैसलामा कसैको पनि विमति छैन् । इजलाशमा रहेका पाँच जनाको एकमत छ।’

127 Views

ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal