एसियाकै ठूलो त्रिशूली भएको पाल्पा भैरवमा दर्शनार्थी बढे
पाल्पा। यहाँका भैरवबाबाको दर्शन गर्न नेपालका मात्र नभई भारतका दर्शनार्थी पनि आउने गर्छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले एसियाकै ठूलो त्रिशूली रहेको यस मन्दिरमा धेरै दर्शनार्थी आउने गर्दछन् ।
कोरोनाले सुनसानजस्तै बनेको पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल देखिन्छ । यहाँ विशेष गरी नवरात्रको सप्तमीदेखि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लिँदैछ ।
महाअस्टमीको दिनमात्रै झण्डै एक हजार ५०० दर्शनार्थीको उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवाली बताउछन्। उनका अनुसार अघिल्ला वर्षको तथ्याङ्क त यो उपस्थिति पनि कम हो, तर पछिल्लो समयमा यहाँ कोरोना महामारीका कारण नआएका दर्शनार्थी आउन थालेका हुन् ।
“नवरात्रका समयमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलै घुइँचो लाग्थ्यो, कोरोनाको असरले गतवर्ष र यो वर्ष भने बिगतको अवस्थालाई हेर्दा दर्शनार्थीको उपस्थिती न्युन भएपनि अहिले पुनः मन्दिरमा विस्तारै चहलपहल बढ्दै जानु सुखद पक्ष मान्नु नै पर्छ”, उनले भने ।
यहाँ महामारी सुरु हुनुअघि नवरात्रको समयमा पूजाआजा गर्ने, अवलोकन गर्नेको संख्या एक लाखको हाराहारीमा हुन्थ्यो । दसैँ पर्वमा हुने भीडभाडलाई दृष्टिगत गर्दै मन्दिर व्यवस्थापन समिति, कर्मचारी र ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरिन्थ्यो । यहाँ दशैँमा हाँस, कुखुरा, बोका, पाडाको बलि दिइन्छ भने रोट बनाएर भगवान्लाई चढाउने चलन छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रले प्रसिद्ध भैरवस्थान मन्दिरको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास र यहाँको रमणीय वातावरण अवलोकन गरेर फर्कंदा निकै आनन्द लाग्ने गरेको बताउछन्, दर्शनार्थी सुदीप खनाल । “नवरात्रको समय भएकाले पनि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लै थियो, करिब तीन घण्टा लाइनमा बसेर पूजाआजा गरी फर्कियौँ, दसैँको बेला शक्तिपीठको दर्शन गर्ने इच्छाले भैरवबाबाको दर्शन गरेपछि मन आनन्दित भएको छ”, उनले भने ।
यस मन्दिरमा वार्षिक ३० देखि ३२ लाख दर्शनार्थी भित्रिने गरेको तथ्याङ्क छ । भारतको उत्तर र दक्षिण क्षेत्रबाट ठूलो सङ्ख्यामा पूजाआजाका निम्ति आउने गरेका छन् । यस्तै तेस्रो मुलुकका नागरिक पनि यहाँको पर्यटकीय वातावरणसँग रमाउँदै घुमफिरका निम्ति भित्रिने गर्दछन् ।
पाल्पा सदरमुकाम तानसेनदेखि करिब साढे नौ किलोमिटर पश्चिममा अवस्थित यस भैरवस्थान मन्दिर समुद्री सतहबाट एक हजार ४७० मिटरको उचाइमा पर्छ । यहाँबाट गौरीशङ्कर, माछापुच्छ्रे, धौलागिरि, नीलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ । शक्ति सम्पन्न पीठ भएकाले पनि यहाँ ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिन्छन् । (रासस)
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





