एसियाकै ठूलो त्रिशूली भएको पाल्पा भैरवमा दर्शनार्थी बढे

२०७८ आश्विन २८ गते, बिहीबार

पाल्पा। यहाँका भैरवबाबाको दर्शन गर्न नेपालका मात्र नभई भारतका दर्शनार्थी पनि आउने गर्छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले एसियाकै ठूलो त्रिशूली रहेको यस मन्दिरमा धेरै दर्शनार्थी आउने गर्दछन् ।
कोरोनाले सुनसानजस्तै बनेको पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरमा नवरात्र सुरु भएपछि दर्शन गर्नेको चहलपहल देखिन्छ । यहाँ विशेष गरी नवरात्रको सप्तमीदेखि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लिँदैछ ।
महाअस्टमीको दिनमात्रै झण्डै एक हजार ५०० दर्शनार्थीको उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका सचिव नवराज ज्ञवाली बताउछन्। उनका अनुसार अघिल्ला वर्षको तथ्याङ्क त यो उपस्थिति पनि कम हो, तर पछिल्लो समयमा यहाँ कोरोना महामारीका कारण नआएका दर्शनार्थी आउन थालेका हुन् ।
“नवरात्रका समयमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलै घुइँचो लाग्थ्यो, कोरोनाको असरले गतवर्ष र यो वर्ष भने बिगतको अवस्थालाई हेर्दा दर्शनार्थीको उपस्थिती न्युन भएपनि अहिले पुनः मन्दिरमा विस्तारै चहलपहल बढ्दै जानु सुखद पक्ष मान्नु नै पर्छ”, उनले भने ।
यहाँ महामारी सुरु हुनुअघि नवरात्रको समयमा पूजाआजा गर्ने, अवलोकन गर्नेको संख्या एक लाखको हाराहारीमा हुन्थ्यो । दसैँ पर्वमा हुने भीडभाडलाई दृष्टिगत गर्दै मन्दिर व्यवस्थापन समिति, कर्मचारी र ठूलो सङ्ख्यामा स्वयंसेवक परिचालन गरिन्थ्यो । यहाँ दशैँमा हाँस, कुखुरा, बोका, पाडाको बलि दिइन्छ भने रोट बनाएर भगवान्लाई चढाउने चलन छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रले प्रसिद्ध भैरवस्थान मन्दिरको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास र यहाँको रमणीय वातावरण अवलोकन गरेर फर्कंदा निकै आनन्द लाग्ने गरेको बताउछन्, दर्शनार्थी सुदीप खनाल । “नवरात्रको समय भएकाले पनि मन्दिरमा दर्शनार्थीको उपस्थिति बाक्लै थियो, करिब तीन घण्टा लाइनमा बसेर पूजाआजा गरी फर्कियौँ, दसैँको बेला शक्तिपीठको दर्शन गर्ने इच्छाले भैरवबाबाको दर्शन गरेपछि मन आनन्दित भएको छ”, उनले भने ।
यस मन्दिरमा वार्षिक ३० देखि ३२ लाख दर्शनार्थी भित्रिने गरेको तथ्याङ्क छ । भारतको उत्तर र दक्षिण क्षेत्रबाट ठूलो सङ्ख्यामा पूजाआजाका निम्ति आउने गरेका छन् । यस्तै तेस्रो मुलुकका नागरिक पनि यहाँको पर्यटकीय वातावरणसँग रमाउँदै घुमफिरका निम्ति भित्रिने गर्दछन् ।
पाल्पा सदरमुकाम तानसेनदेखि करिब साढे नौ किलोमिटर पश्चिममा अवस्थित यस भैरवस्थान मन्दिर समुद्री सतहबाट एक हजार ४७० मिटरको उचाइमा पर्छ । यहाँबाट गौरीशङ्कर, माछापुच्छ्रे, धौलागिरि, नीलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाइन्छ । शक्ति सम्पन्न पीठ भएकाले पनि यहाँ ठूलो सङ्ख्यामा दर्शनार्थी भित्रिन्छन् । (रासस)

245 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal