सिड्नीमा १०६ दिनपछि लकडाउन अन्त्य

२०७८ आश्विन २५ गते, सोमबार

सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् ।
अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाई छ ।
देशको सवैभन्दा ठूलो शहर मानिने सिड्नीमा झण्डै ५० लाख मानिस बसोबास गर्दछन । यति धेरै मानिस प्रभावित हुनेगरी सिड्नीमा लामो समयसम्म लकडाउन लगाइएको भन्दै विरोध समेत भएको थियो । सिड्नी समेत पर्ने न्यु साउथ वेल्स प्रदेशमा सोमबार मात्रै ४९६ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । ती मध्ये ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको पाइएको पनि अधिकारीहरुले जनाएका छन ।
झण्डै चार महिनापछि लकडाउन अन्त्य भएको पहिलो दिनलाई कतिपयले स्वतन्त्रता दिवसको संज्ञा पनि दिएका छन् । उनीहरुले लकडाउन अन्त्य भएपछि धेरै खुशीयाली र स्वतन्त्रताको अनुभूति भएको बताएका छन् ।लकडाउन अन्त्य भएसँगै पसलहरु खुल्न थालेकाले अधिकांशले पसलमा किनमेल गर्ने मौकाको रुपमा पनि लिएका छन् । त्यसैगरी व्यापार गर्नेहरुले पनि आफ्नो व्यापार गर्ने मौकाको रुपमा प्रयोग गरेको देखिएको छ ।
गत जुनदेखि सिड्नीका पसल, विद्यालय, सैलुन र कार्यालयहरु बन्द भएका थिए । अत्यावश्यक सेवा भने सञ्चालिन नै थिए । त्यसैगरी अत्यावश्यक सामग्री किनमेल गर्नका लागि पनि घरदेखि पाँच किलोमिटर भन्दा टाढा जान नपाइने व्यवस्था गरिएको थियो । महामारी नियन्त्रणका लागि अष्ट्रेलियाको केन्द्रीय र प्रदेश सरकारहरुले पनि सिमानाका बन्द गर्ने, लकडाउन गर्ने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र तिव्र रुपमा कोरोना परीक्षण गराउने लगायतका कार्य गर्दै आएका थिए ।
रासस÷एएफपी

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal