अमेरिका जाँदै गरेका नेपालीसहित १२६ जनाको कन्टेनरबाट उद्धार

२०७८ आश्विन २४ गते, आईतवार

बीबीसी । जोखिम मोलेर अमेरिका जान खोजेका नेपालीसहित एक सय बढी आप्रवासीको ग्वाटेमालामा कन्टेनरबाट उद्धार गरिएको छ ।
सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्धार गरेको हो । तीमध्ये १०० भन्दा बढी राजनीतिक संकटमा फसेका हाइटीका नागरिक रहेका समाचारमा जनाइएको छ । समाचारअनुसार नेपाल र घानाका नागरिक पनि रहेका बीबीसीले जनाएको छ ।
कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ । मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले उनीहरूलाई छोडेको हुन सक्ने सरकारी अधिकारीहरूको विश्वास छ ।
ग्वाटेमालाका आप्रवासन सम्बन्धी निकायकी प्रवक्ताले ती आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिकातर्फ अघि बढेको बताएकी छन् । उनीहरूलाई होन्डुरसको सीमामा पुर्‍याएर त्यहाँका निकायहरूलाई जिम्मा लगाइने जनाइएको छ । मेक्सिकाका सरकारी निकायहरूले ६५२ जना आप्रवासीहरूलाई नियन्त्रणमा लिएको भोलिपल्ट यो घटना भएको हो । बीबीसीबाट

274 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal