अमेरिका जाँदै गरेका नेपालीसहित १२६ जनाको कन्टेनरबाट उद्धार

२०७८ आश्विन २४ गते, आईतवार

बीबीसी । जोखिम मोलेर अमेरिका जान खोजेका नेपालीसहित एक सय बढी आप्रवासीको ग्वाटेमालामा कन्टेनरबाट उद्धार गरिएको छ ।
सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १२६ आप्रवासीलाई ग्वाटेमाला प्रहरीले उद्धार गरेको हो । तीमध्ये १०० भन्दा बढी राजनीतिक संकटमा फसेका हाइटीका नागरिक रहेका समाचारमा जनाइएको छ । समाचारअनुसार नेपाल र घानाका नागरिक पनि रहेका बीबीसीले जनाएको छ ।
कन्टेनरभित्र चिच्याएको स्थानीयहरूले सुनेपछि बिहानको समयमा उनीहरूको उद्धार गरिएको बताइएको छ । मेक्सिको हुँदै अमेरिका पुर्‍याउनका लागि रकम असुलेका मानव तस्करहरूले उनीहरूलाई छोडेको हुन सक्ने सरकारी अधिकारीहरूको विश्वास छ ।
ग्वाटेमालाका आप्रवासन सम्बन्धी निकायकी प्रवक्ताले ती आप्रवासीहरू होन्डुरस पुगेको र त्यहाँबाट असुरक्षित रूपमा उत्तर हुँदै अमेरिकातर्फ अघि बढेको बताएकी छन् । उनीहरूलाई होन्डुरसको सीमामा पुर्‍याएर त्यहाँका निकायहरूलाई जिम्मा लगाइने जनाइएको छ । मेक्सिकाका सरकारी निकायहरूले ६५२ जना आप्रवासीहरूलाई नियन्त्रणमा लिएको भोलिपल्ट यो घटना भएको हो । बीबीसीबाट

280 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal