एनआरएनको सह–कोषाध्यक्षमा न्यौपानेको उम्मेदवारी किन ? उनको पक्षमा को–को ?

२०७८ आश्विन १४ गते, बिहीबार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एन्आरएन्ए) अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुने गैर–आवासीय नेपाली संघको १० औं महाधिवेशनमा सह–कोषाध्यक्षको उम्मेदवारी दिने भएका छन् ।
एन्आर्एन्ए यूके राष्ट्रिय समन्वय परिषदमा करिव एक दशकसम्म कार्यकारी सदस्य, सह–कोषाध्यक्ष हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका न्यौपानेसँग एक कार्यकाल आइसीसी सदस्य ९२०१९–२०२१० पदमा रही कार्य गरेको अनुभव पनि छ । नेपालमा राष्ट्रिय वाणिज्य बैंकमा प्रबन्धकको जिम्मेवारी निभाएका न्यौपानेसँग करिव ३५ वर्ष वित्तीय क्षेत्रमा कार्य गरेको अनुभव पनि छ । हाई स्किल्ड माइग्रेन्टका रुपमा सन् २००५ मा बेलायत आएका न्यौपानेले अहिले बेलायत र नेपालमा प्रोपर्टी, हस्पिटालिटी, हाइड्रो र क्रिप्टोकरेंसीलगायतका क्षेत्रमा व्यावसाय सञ्चालन गरिरहेका छन । एमए, बीएल्सम्मको अध्ययन पूरा गरेका न्यौपाने अध्यात्म र साहित्यमा पनि रूची राख्छन् ।
पशुपति मन्दिर लण्डनको ट्रस्टी मेम्बर रहेका न्यौपानेले जीवन विज्ञान यूकेको स्थापनाका लागि विशेष पहल गरेका थिए । उनी अन्तर्राष्ट्रिय स्तरमा क्रियाशील ‘प्रो इलाइट क्लब’ मा पनि सक्रिय छन् । जीवन विज्ञानको माध्यमबाट सबैलाई मन, विचार र कर्म स्वस्थ्य र शुद्ध राख्न तथा प्रो इलाइट क्लबमार्फत लगानी सम्बन्धी ज्ञानका अनुभव बाँड्दै सबैलाई सम्बृद्ध बनाउन क्रियाशील छन् ।
सामाजिक कार्य र च्यारिटी संस्थामा आबद्ध उनी बेलायतमा रहेका धेरै संघसंस्थामा सल्लाहकारका रुपमा कार्यरत छन् । सामाजिक संस्थाहरुमा मन खोलेर आर्थिक र सामाजिक सहयोग गर्ने सहयोगी मनका धनीका रुपमा बेलायतमा चिनिएका छन् न्यौपाने । विश्वको ४९ भन्दा बढी राष्ट्रहरुमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजका वर्तमान उपाध्यक्ष हुन् न्यौपाने । संस्थाको आन्तरिक सुशासन, पारर्दर्शिता, आत्मनिर्भरता, एकता, संघको प्रभावकारितामा विशेष पहल गर्ने विविध योजनासहित सामाजिक र वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभव संघमा लगाउने उद्येश्यले एन्आर्एन्ए एनसिसीको सह –कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए । न्यौपानेले विश्वमा रहेका गैर–आवासीय नेपालीलाई आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

246 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal