एनआरएनको सह–कोषाध्यक्षमा न्यौपानेको उम्मेदवारी किन ? उनको पक्षमा को–को ?

२०७८ आश्विन १४ गते, बिहीबार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एन्आरएन्ए) अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुने गैर–आवासीय नेपाली संघको १० औं महाधिवेशनमा सह–कोषाध्यक्षको उम्मेदवारी दिने भएका छन् ।
एन्आर्एन्ए यूके राष्ट्रिय समन्वय परिषदमा करिव एक दशकसम्म कार्यकारी सदस्य, सह–कोषाध्यक्ष हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका न्यौपानेसँग एक कार्यकाल आइसीसी सदस्य ९२०१९–२०२१० पदमा रही कार्य गरेको अनुभव पनि छ । नेपालमा राष्ट्रिय वाणिज्य बैंकमा प्रबन्धकको जिम्मेवारी निभाएका न्यौपानेसँग करिव ३५ वर्ष वित्तीय क्षेत्रमा कार्य गरेको अनुभव पनि छ । हाई स्किल्ड माइग्रेन्टका रुपमा सन् २००५ मा बेलायत आएका न्यौपानेले अहिले बेलायत र नेपालमा प्रोपर्टी, हस्पिटालिटी, हाइड्रो र क्रिप्टोकरेंसीलगायतका क्षेत्रमा व्यावसाय सञ्चालन गरिरहेका छन । एमए, बीएल्सम्मको अध्ययन पूरा गरेका न्यौपाने अध्यात्म र साहित्यमा पनि रूची राख्छन् ।
पशुपति मन्दिर लण्डनको ट्रस्टी मेम्बर रहेका न्यौपानेले जीवन विज्ञान यूकेको स्थापनाका लागि विशेष पहल गरेका थिए । उनी अन्तर्राष्ट्रिय स्तरमा क्रियाशील ‘प्रो इलाइट क्लब’ मा पनि सक्रिय छन् । जीवन विज्ञानको माध्यमबाट सबैलाई मन, विचार र कर्म स्वस्थ्य र शुद्ध राख्न तथा प्रो इलाइट क्लबमार्फत लगानी सम्बन्धी ज्ञानका अनुभव बाँड्दै सबैलाई सम्बृद्ध बनाउन क्रियाशील छन् ।
सामाजिक कार्य र च्यारिटी संस्थामा आबद्ध उनी बेलायतमा रहेका धेरै संघसंस्थामा सल्लाहकारका रुपमा कार्यरत छन् । सामाजिक संस्थाहरुमा मन खोलेर आर्थिक र सामाजिक सहयोग गर्ने सहयोगी मनका धनीका रुपमा बेलायतमा चिनिएका छन् न्यौपाने । विश्वको ४९ भन्दा बढी राष्ट्रहरुमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजका वर्तमान उपाध्यक्ष हुन् न्यौपाने । संस्थाको आन्तरिक सुशासन, पारर्दर्शिता, आत्मनिर्भरता, एकता, संघको प्रभावकारितामा विशेष पहल गर्ने विविध योजनासहित सामाजिक र वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभव संघमा लगाउने उद्येश्यले एन्आर्एन्ए एनसिसीको सह –कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको न्यौपानेले बताए । न्यौपानेले विश्वमा रहेका गैर–आवासीय नेपालीलाई आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

144 Views

ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

२०८२ जेष्ठ २ गते, शुक्रबार

राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक

२०८२ जेष्ठ २ गते, शुक्रबार

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

२०८२ जेष्ठ २ गते, शुक्रबार

‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन

२०८२ जेष्ठ २ गते, शुक्रबार

मखनटोलमा आगलागी, एक जनाको मृत्यु

२०८२ बैशाख ३१ गते, बुधबार

दक्षिण कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ सरकारंद्वारा स्थगित

२०८२ बैशाख ३० गते, मंगलवार

रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८२ बैशाख ३० गते, मंगलवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal