एमसीसी पारित गरे कहाँ भाग्छन् नेताहरु ?
काठमाडौं । जन समाजवादी पार्टी नेपालका उप महासचिव तथा प्रवक्ता डम्बरविक्रम कार्कीले एमसीसी पारित गरेर नेताहरु भाग्ने ठाउँ नभएको बताएका छन् ।
उनले राष्ट्रघाती सम्झौता पास गरे आफूहरु पनि चुप लागेर नबस्ने बताएका छन् । उनले अमेरिकाको पछि लागेर देशको राष्ट्रियता, सार्वभौमिकता माथि प्रहार गर्ने अधिकार कुनै पनि नेतालाई नभएको बताएका छन् । उनले एमसीसी पारित भएपछि नेपाल र नेपाली भन्ने अवस्था नै नरहने समेत स्पष्ट पारेका छन् । ‘सकेसम्म हामी एमसीसी पारित गर्न दिनेछैनौ यदी झुक्याएर गरिहाले भने पनि ती नेताहरु कहाँ भाग्लान् र ?’ उनी भन्छन्– राष्ट्रघाति सम्झौता छ भन्ने बुझिबुझी पनि एमसीसी पास हुन्छ भने नेताहरुलाई हामी निगरानी गर्छौ, पक्कै पनि उनीहरु त चन्द्रमामा त गएर बस्ने होइनन् होला नि ?’ कार्कीले आफूहरु निरन्तर संघर्ष गरिरहेको समेत बताएका छन् । पार्टीसहित अन्य विभिन्न संघसंस्थाहरुको आयोजनामा उपत्यकामा एमसीसीविरुद्ध संघर्ष हुँदै आएको छ । पटक पटक प्रहरीले पक्राउ गरेर आन्दोलनलाई निस्तेज पार्न खोजे पनि उनीहरु चुपचाप लागेका छैनन् । अमेरिकाले आफ्नो निहीत स्वार्थ पूरा गर्न एमसीसी परियोजना अघि बढाएको उनको भनाई छ । अमेरिकाले दिने पैसा बरु जनताले उठाएर सरकारलाई दिने पनि उनको दाबी छ । एमसीसी पारित भएपछि नेपाल विखण्डन हुने र नेपालको कानूनभन्दा अमेरिकाको कानून नै लागू हुने भएकाले पनि खतरा भएको उनको ठम्याई छ । अमेरिकाले एमसीसीको माध्यमबाट नेपालमा प्रवेश गर्न खोजेको र त्यसले दीर्घकालीन रुपमा असर पर्ने भन्दै उनीहरु पटक पटक संघर्ष गर्दै आएका छन् ।
कार्कीले नेताहरु अमेरिकाको इशारामा चलेको र उनीहरुकै दलाली गरेर आफ्नो जीवनयापन गर्दै आएको पनि बताएका छन् । ‘यसअघि पनि विदेशी सहयोग आएको थियो, त्यसबाट कुन जनताले के पाए र जनताको जीवनस्तर कहाँ सुध्रियो सबैभन्दा पहिले सरकारले यो जवाफ दिनुपर्छ ।’ उनले भने– एमसीसी राम्रो हो भने के कारणले राम्रो हो र जनताले के पाउँछन् भन्ने प्रष्ट रुपमा सरकारले बुझाउनु प¥यो ।’ कार्कीले एमसीसीको नाममा नेताहरुले ठूलो रकम बुझ्दै आएको र एमसीसी पारित भए त्यो रकम निरन्तर आउने भएकाले पनि जबरजस्ती रुपमा एमसीसी पारित गराउन नेताहरु लागि परेको बताएका छन् ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





