कम्युनिष्टको अब नेपालमा काम छैन भन्ने पुष्टि भइसकेको छ – कोषाध्यक्ष लक्ष्मी पाण्डे
काठमाडौ । नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले राजनीतिक परिस्थिति बदलिएपछि कांग्रेसलाई सत्ताको अवसर आए पनि कांग्रेस नमात्तिएको बताएकी छिन् ।
उनले कांग्रेस पुरानो र लोकतान्त्रिक पार्टी भएकाले बेलामौका यस्ता अवसर आइरहने पनि जनाइन् । ‘राजनीतिमा कहिले मौका आउँछ, कहिले गुम्छ स्वभाविक हो तर कुनै पनि अवस्थामा आत्तिनु र मात्तिनु हुँदैन’ उनले भनिन् ‘नेकपालाई जनताले २०७४ सालमा त्यत्रो मतदान गरेका थिए, उ मात्तियो र अहिले सर्वत्र आलोचित भयो ।’ उनले कम्युनिष्टको नाममा राजनीति गर्न अब उनीहरुलाई गाह्रो भएको समेत टिप्पणी गरिन् । हिजोको दिनमा जनतालाई ढाँटेर र फकाएर मत ल्याए पनि अब उनीहरुसँग आगामी निर्वाचनमा जाँदा ढाँट्ने कुरा पनि सकिएको बताइन् ।
‘अहिले कांग्रेसलाई जनताले एउटा वैकल्पिक पार्टीको रुपमा हेरेका छन्, यसको अर्थ देशमा कांग्रेस नै चाहिने रहेछ भन्ने पुष्टि भएको छ’ उनले थपिन् ‘ जुनसुकै आन्दोलनको नेतृत्व पनि कांग्रेसले गरेको छ र देशलाई असहज अवस्थाबाट सहज बनाउने कांग्रेसलाई कसैले पनि बिर्सन मिल्दैन ।’ उनले केपी शर्मा ओलीको ४० महिना २५ दिनको कार्यकाल हावादारी गफमै बितेको दाबी गरिन् । ‘त्यस्ता उरन्ठेउला गफ गरेर जनतालाई भ्रममा पार्ने दिन पनि गए’ पाण्डेले भनिन् ‘ अब जसले काम गरेर जनताको मन जित्छ उही पार्टीले देशको नेतृत्व गर्छ, यो जिम्मेवारी कांग्रेसलाई आएको छ ।’
उनले वर्तमान सरकारको आलोचना गर्ने बेला भइनसकेको बताइन् । सरकार भर्खरै बनेकाले केही पनि गरेन भनेर भनिहाल्ने समय नआएको उनको बुझाई छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीले जस्तो संविधान, कानुन र विधि मिचेर मनखुशी नगर्ने समेत ठोकुवा गरेकी छिन् । उनले नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया अघि बढिसकेकाले महाधिवेशन नहोला कि भनेर कसैले पनि शंका गर्न नहुनेमा जोड दिइन् । बीचमा विभिन्न कारणले महाधिवेशन हुन नसकेको स्विकार्दै उनले भनिन् ‘अब पार्टीमा नयाँ नेतृत्व आउँछ, उसले पार्टीलाई मात्र होइन देशलाई नै सही दिशामा लाने छ ।’ उनले पार्टीमा युवा नेताको वहस चलिरहेकोमा पनि फरक मत राख्दै भनिन् ‘युवा नेता भनेर नागरिकता र उसको उमेर हेरिने होइन, उसले के काम गर्न सक्छ र हिजो के गरेको थियो त्यसको मूल्यांकन हुने हो ।’ उनले महाधिवेशनबाट पार्टीमा देखिएको गुटवन्दीको पनि अन्त्य हुने बताइन् ।
‘आपसी द्धन्द्ध हुँदा कस्तो परिणाम आउँदो रहेछ भन्ने कांग्रेसले भोगिसकेको छ त्यसैले पनि ती कुरालाई पार्टीले ख्याल गर्दै आगामी संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको तयारी गर्नुपर्छ’ उनले भनिन् ‘महाधिवेशनमा म पनि माथ्लो पदमा जाने छु तर अहिले नै उम्मेदवारी घोषणा गर्ने बेला भइसकेको छैन ।’
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





