मोटाएर हैरान हुनुभयो ? यी ८ फलफूल र तरकारीले तीब्र रुपमा घटाउँछ तौल
एजेन्सी
धेरै मानिस आफ्नो बढ्दो तौलका कारण तनावमा हुन्छन् र यसलाई कम गर्नका लागि विभिन्न तरिका अपनाउने गर्छन् । तर थोरैलाई मात्रै थाहा छ कि डाइटमा थोरै परिवर्तन गरेर निकै सजिलै तौल घटाउन सकिन्छ । केही फलफूल र सागसब्जीले प्रतिरोधी क्षमता बढाउनुका साथै तौल पनि नियन्त्रणमा राख्छ । यदि तपाईं आफ्नो तौल कम गर्ने कोसिसमा हुनुहुन्छ भने डाइटमा यी फलफूल र सागसब्जी समावेश गर्नुहोस्।
खरबुजाः
गर्मीमा खरबुजा खान सबैलाई मनपर्छ । खरबुजामा ९२ प्रतिशतसम्म पानी हुन्छ जसले शरीरलाई हाइड्रेट राख्ने गर्छ । खरबुजामा फाइबर बढी र क्यालोरी कम हुन्छ । खरबुजा खाँदा धेरै बेरसम्म भोक लाग्दैन र यसले गुलियो खाने इच्छालाई पनि कम गर्छ । खरबुजामा भिटामिन सी, ए, म्याग्नेसियम, पोटासियम र लाइकोपिन हुन्छ । यी सबै तत्वले तौल कम गर्नुका साथै गम्भीर रोगबाट पनि जोगाउँछ ।
मेवाः
तौल कम गर्ने कोसिस गरिरहनुभएको छ भने आफ्नो खानामा मेवा समावेश गर्नुहोस् । मेवामा क्याल्सियम, भिटामिन, आइरन, मिनरल्स र फस्फोरस पाइन्छ । यसका थुप्रै एन्जाइमले पाचन तन्त्रलाई बलियो बनाउँछ । यसमा क्यालोरी र चिल्लोपना निकै कम हुन्छ । यसले पेट फुल्ने समस्या पनि कम गर्छ ।
काँक्रोः
काँक्रोले पेटलाई चिसो बनाउनुका साथै गर्मीमा हाइड्रेट राख्न पनि मद्दत गर्छ । काँक्रोमा अत्यधिक फाइबर पाइन्छ जसका कारण तपाईंको पेट लामो समयसम्म भरिएको महसुस हुन्छ तसर्थ तपाईं अस्वस्थकर खानेकुरा खानबाट बच्नुहुन्छ । काँक्रो खाँदा तौल कम हुनुका साथै शरीरले आवश्यक पोषक तत्व पाउने गर्छ ।
आँपः
आँप खाँदा तौल बढ्छ भनेर धेरैलाई लाग्ने गर्छ । सन्तुलित मात्रामा खाने हो भने यसले तौल बढाउने होइन, नियन्त्रणमा राख्छ । आँपमा बायोएक्टिभ यौगिक र फाइटोकेमिकल्स हुन्छ जसमा बोसो कोसिकालाई दबाउने क्षमता हुन्छ । यदि तपाईं तौल घटाउने कोसिस गरिररहनुभएको छ भने कुनै चिन्ता नगरी आँप खान सक्नुहुन्छ । यसका साथै यसको म्याङ्गो शेक बनाएर पनि पिउन सक्नुहुन्छ ।
लौकाः
लौका शरीरका लागि निकै फाइदाजनक छ । यसमा अत्यधिक पानी हुन्छ र फाइबर पनि प्रचुर मात्रामा पाइन्छ जसले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ । लौकामा रत्तिभर पनि फ्याट हुँदैन । लौकाको तरकारी र जुसले शरीरलाई रोगबाट टाढा राख्नुका साथै मोटोपना घटाउन पनि निकै सहयोग गर्छ ।
भेँडे खुर्सानीः
भेँडे खुर्सानीमा पाइने फाइटोकेमिकल्स तौल नियन्त्रण गर्न निकै फाइदाजनक हुन्छ । यसले मेटाबोलिजम बढाउनुका साथै पाचन तन्त्र पनि ठिक राख्छ । यो भिटामिन ए र सीले भरपुर हुन्छ जसले शरीरमा प्रतिरोधी क्षमता बढाउने काम गर्छ । यसका थुप्रै तत्वले प्राकृतिक पेनकिलरले जस्तै काम गर्छ । तरकारीबाहेक तपाईंले भेँडे खुर्सानी सलादको रुपमा पनि खान सक्नुहुन्छ ।
पालुङ्गोः
पेटको बोसो काम गर्नमा पालुङ्गो निकै प्रभावकारी हुन्छ । यो फाइबर र पोषक तत्वले भरपुर हुन्छ । पालुङ्गोमा भिटामिन ए, सी, के, म्याग्नेसियम, आइरन र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । बोसो कम गर्नका लागि आफ्नो ब्रेकफास्ट वा खानामा पालुङ्गो समावेश गर्नुहोस् । तरकारीबाहेक यसलाई सलादमा राखेर पनि खान सकिन्छ ।
चुकन्दरः
चुकन्दरमा क्यालोरी निकै कम हुन्छ । यो फाइबरले पनि भरपुर हुन्छ जसका कारण लामो समयसम्म भोक लाग्दैन । चुकन्दरको जुसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ । यसमा रत्तिभर पनि फ्याट हुँदैन जसका कारण यसले तौल बढ्न दिँदैन । बिहान चुकन्दरको जुस पिउँदा तपाईं दिनभरी सक्रिय रहन सक्नुहुन्छ । यसले थकान, कमजोरी र मांसपेशीमा ऐठनको समस्या पनि टाढा राख्छ ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





