इराकमा ६ महिनापछिको भयानक बम बिस्फोट स् कम्तीमा २५ को मृत्यु, आइएसले लियो जिम्मेवारी

२०७८ श्रावण ५ गते, मंगलवार

एजेन्सी
इराकको राजधानी बगदादको एक बजारमा सोमबार भएको एक बम बिस्फोटमा कम्तीमा २५ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।

यो बिस्फोटमा ज्यान गुमाउने र घाइते हुनेहरु धेरैजसो बजारमा इदको किनमेल गर्न गएका थिए ।

यो बगदादमा पछिल्लो ६ महिनामा भएको सबैभन्दा भयानक बम बिस्फोट हो ।

व्यस्त अल–वुहालियत बजारमा यो बिस्फोट एक डिभाइसमार्फत् गरियो ।

हमलाको जिम्मेवारी इस्लामी आतंकी संगठन इस्लामिक स्टेट समूह ९आइएस० ले लिएको छ । आइएसले आफ्नै एक सदस्यले बिस्फोट गराउने डिभाइस उडाएको बताएको छ ।

इराकको सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुसलमान जिहादी समूह आइएसविरुद्ध आफ्नो जीतको घोषणा गरेको थियो ।

यद्यपि, त्यसपछि पनि इराकमा आइएसको स्लीपर सेल लगातार सक्रिय छ ।

ज्यान गुमाउनेमा महिला तथा बालबालिकाः

यसअघि अप्रिलमा एक बजारमा कारभित्र बम बिस्फोट गराइएको थियो जसमा चारजना मारिएका थिए ।

आइएसले यो हमलाको जिम्मेवारी लिएको थियो । बगदादको जुन इलाकामा यो बिस्फोट भएको छ, त्यहाँ धेरैजसो शिया मुसलमान बस्छन् ।

समाचार एजेन्सी रोयटर्सको स्रोतले बताए अनुसार बिस्फोटमा मारिनेमा महिला र बालबालिका पनि समावेश थिए । बिस्फोटपछि केही पसलमा आगलागी पनि गरिएको थियो ।

इराकी सेनाका एक प्रवक्ताले दिएको जानकारी अनुसार मुस्तफा अल–कदीमीले बजारको सुरक्षाका लागि जिम्मेवार प्रहरी इन्चार्जको गिरफ्तारीको आदेश दिएका छन् र घटनाबारे अनुसन्धान सुरु भइसकेको छ ।

बीबीसी

343 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal