बुढाथोकीको नेतृत्वमा रहेको नेकपा (माओवादी केन्द्र) पार्टीको नाम फेरियो, अब नेकपा (माओबादी केन्द्र समाजबादी)
काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी नाम परिवर्तन भएर नेकपा (माओबादी केन्द्र समाजबादी) बनेको छ । पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको ने।क।पा (माओवादी केन्द्र समाजवादी) को केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको जनाईएको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओबादी केन्द्र समाजबादी) ले २०७८ श्रावण ४, ५ र ६ गते बसेको बैठकले पार्टीको केन्द्रिय समितिको बैठकले नाम परिवर्तन तथा आन्दोलनका आगामी कार्यक्रम घोषणा गरेकोबारे जानकारी दिईएको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले वस्तुगत अवस्थाका कारण पार्टीको नाम परिवर्तन गर्नुपरेको स्पष्ट पारे । उनले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै भने,‘पार्टीको बैठकले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने निर्णय गरेकोे छ ।’ अध्यक्ष बुढाथोकीले पार्टीको ९औँ महाधिबेशन आगामी फाल्गुण १ देखि ३ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
उनले २ तिहाई प्राप्त कम्युनिष्ट सरकार प्रचण्ड, केपी ओली र माधव नेपालको अदुरदर्शीता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरुको हातमा पुगेको टिप्पणी गरे । बुढाथोकीले ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौँ’ भन्ने नाराका साथ साउन २५ गते ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान उद्घाटन गर्ने निर्णय भएको जानकारी दिए । माओवादी पार्टी र शक्तिसंँग कार्यगत एकता, रणनैतिक मोर्चा र पार्टी एकतासम्म पु¥याउने बैठकले निर्णय गरेको सुनाए ।
नेपालको संसदीय व्यवस्थाले प्रतिगमनको दिशातिर यात्रा गरेको उनको भनाई थियो । सीमा अतिक्रमण, शिक्षा र स्वास्थ्य रोजगारको आधारभूत समस्या विकराल बन्दै गएको उनको तर्क थियो ।
राष्ट्रियता, जनतन्त्र र जनजीविका महत्वपूर्ण सवालहरुमा जनसंर्घषका कार्यक्रम सञ्चालन गर्ने पनि उनले जानकारी दिए । उनले कोभिड–१९ को महामारी, प्राकृतिक बिपत्तीको समयमा जनसेवा, राहत वितरण, स्वास्थ्य शिबिर, रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा भावी दिनमा पनि यी कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता गरे ।
कार्यक्रममा पार्टीका उपाध्यक्षहरु रंगनाथ ढकाल, बिनोद उपाध्याय, महासचिव नरेश शाही, सचिव अरुण घिसिङ, मेख बहादुर खत्री, श्रृजन बि।क, प्रदेश ५ का संयोजक धु्रब सत्याल, प्रदेश २ का अध्यक्ष बृद्धि विलासलगायतको उपस्थिति थियो ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





