इराकमा ६ महिनापछिको भयानक बम बिस्फोट स् कम्तीमा २५ को मृत्यु, आइएसले लियो जिम्मेवारी
एजेन्सी
इराकको राजधानी बगदादको एक बजारमा सोमबार भएको एक बम बिस्फोटमा कम्तीमा २५ जना मारिएका छन् भने दर्जनौं घाइते भएका छन् ।
यो बिस्फोटमा ज्यान गुमाउने र घाइते हुनेहरु धेरैजसो बजारमा इदको किनमेल गर्न गएका थिए ।
यो बगदादमा पछिल्लो ६ महिनामा भएको सबैभन्दा भयानक बम बिस्फोट हो ।
व्यस्त अल–वुहालियत बजारमा यो बिस्फोट एक डिभाइसमार्फत् गरियो ।
हमलाको जिम्मेवारी इस्लामी आतंकी संगठन इस्लामिक स्टेट समूह ९आइएस० ले लिएको छ । आइएसले आफ्नै एक सदस्यले बिस्फोट गराउने डिभाइस उडाएको बताएको छ ।
इराकको सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुसलमान जिहादी समूह आइएसविरुद्ध आफ्नो जीतको घोषणा गरेको थियो ।
यद्यपि, त्यसपछि पनि इराकमा आइएसको स्लीपर सेल लगातार सक्रिय छ ।

ज्यान गुमाउनेमा महिला तथा बालबालिकाः
यसअघि अप्रिलमा एक बजारमा कारभित्र बम बिस्फोट गराइएको थियो जसमा चारजना मारिएका थिए ।
आइएसले यो हमलाको जिम्मेवारी लिएको थियो । बगदादको जुन इलाकामा यो बिस्फोट भएको छ, त्यहाँ धेरैजसो शिया मुसलमान बस्छन् ।
समाचार एजेन्सी रोयटर्सको स्रोतले बताए अनुसार बिस्फोटमा मारिनेमा महिला र बालबालिका पनि समावेश थिए । बिस्फोटपछि केही पसलमा आगलागी पनि गरिएको थियो ।
इराकी सेनाका एक प्रवक्ताले दिएको जानकारी अनुसार मुस्तफा अल–कदीमीले बजारको सुरक्षाका लागि जिम्मेवार प्रहरी इन्चार्जको गिरफ्तारीको आदेश दिएका छन् र घटनाबारे अनुसन्धान सुरु भइसकेको छ ।
बीबीसी
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





