जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
एजेन्सी
अमेरिकाका अर्बपति व्यापारी तथा अमेजनका संस्थापक जेफ बेजोस मंगलबार तीन अन्य मानिससँग अंतरिक्षको उडान भर्नेछन् ।
यो यात्रामा बेजोससँग उनका भाइ मार्क बेजोस, ८२ वर्षकी पूर्व पाइलट वेली फंक र १८ वर्षका विद्यार्थी ओलविर डायमेन हुनेछन् ।
यी सबैजना बेजोसको कम्पनी ब्लू ओरिजनको अंतरिक्षयान ‘न्यू शेफर्ड’ बाट उडान भर्नेछन् । ब्लू शेफर्डलाई अंतरिक्ष पर्यटनलाई प्रोत्साहन दिने तरिकाले डिजाइन गरिएको छ ।
न्यू शेफर्डमा असाध्यै ठूल्ठूला झ्याल छन् जसका कारण यसमा सवार सबै मानिसहरु अंतरिक्षबाट धर्तीको सुन्दर दृश्य देख्न सक्छन् ।
उडान अघि सीबीएस न्यूजलाई दिएको एक अन्तर्वार्तामा बेजोसले भने, ‘म उत्साहित छु । मानिसहरुले मलाई के म नर्भस छु भनेर सोधिरहेका छन् । साँचो भन्ने हो भने म नर्भस छैन । म उत्सुक छु । हामीले त्यहाँ के सिक्नेछौं भनेर जान्न उत्सुक छु ।’
उनले भने, ‘हामी तालिम लिएर बसिरहेका छौं । अंतरिक्षयान तयार छ । क्रु तयार छ र हाम्रो समूह अद्भूत छ । हामी यसबारे साँच्चै नै निकै राम्रो महसुस गरिरहेका छौं ।’
चार मिनेटसम्म जिरो–ग्राभिटीको अनुभवः
वेली फंकले भनिन्, ‘अन्त्यमा यो वास्तविकतामा परिणत हुँदैछ । मैले यसका लागि लामो प्रतीक्षा गरेकी छु र लामो समयदेखि यो सपना देख्दै आएको छु ।’
उनका अनुसार जब अंतरिक्षमा उनको भार शून्य हुनेछ तब उनीहरु टाउको माथि गरेर कसरत गर्नेछन् ।
सन् १९६० को दशकमा वेली फंक मर्करी १३ जना महिला भएको एउटा यस्तो समूहको हिस्सा थिइन् जसले पुरुष अंतरिक्ष यात्रीले झैं टेस्ट र स्क्रिनिङको प्रक्रियाबाट गुज्रनुपर्यो तर कहिल्यै अंतरिक्ष जाने मौका दिइएन ।
न्यू शेफर्ड नेपाली समायानुसार मंगलबार बेलुका पौने सातबजे अमेरिकाको टेक्ससबाट उडान भर्नेछ । यसलाई जेफ बेजोसको नीजि लञ्च साइट वेन हर्नबाट एउटा रकेटमार्फत् लञ्च गरिनेछ ।
जेफ बेजोस, उनका भाइ मार्क बेजोस, वेली फंक र ओलिवर डायमेनलाई लिएर यो स्पेस क्याप्सुल आफ्नो बुस्टरबाट करिब ७६ किलोमिटरको उचाईमा अलग हुनेछ । त्यसपछि रकेट आफ्नो खुट्टामा लञ्च प्याडभन्दा दुई मिल पर ल्याण्ड गर्नेछ जबकी क्याप्सुल अंतरिक्षमा १०६ किलोमिटरसम्म आफ्नो यात्रा जारी राख्नेछ ।
जेफ बेजोसले सीबीएस न्यूजलाई भने, ‘हामी लगभग चार मिनेटसम्म जिरो ग्राभिटी ९शून्य गुरुत्वाकर्षण० मा रहनेछौं, हामी आफ्नो सीटबाट उठ्नेछौं, चारैतिर तैरनेछौं र धर्तीको वायुमण्डललाई हेर्नेछौं ।’
जेफ बजोसलाई अंतरिक्षमा लैजाने न्यू शेफर्डः
जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनका अनुसार स्पेस क्याप्सूल न्यू शेफर्डबाट देखिने दृश्य शानदार र जिरो ग्राभिटीको अनुभव अद्भूत हुनेछ ।
अधिकतम उचाईमा पुगेपछि क्याप्सूल तल आउन थाल्नेछ र यात्रीलाई प्यारासुटमार्फत् नरम बालुवामा ल्याण्ड गराइनेछ ।
ब्लू ओरिजिनको योजना आफ्ना यात्रीलाई धर्तीको सतहभन्दा १०० किलोमिटरभन्दा माथिमा उचाईमा लैजाने हो जहाँ उनीहरुले माइक्रोग्राभिटी ९जहाँ गुरुत्वाकर्षण अत्यधिक कमजोर छ० महसुस गर्नेछन् ।
यो यात्रा १० मिनेटमा पूरा हुने आशा गरिएको छ र यात्री धर्तीमा प्यारासुटमार्फत् फिर्ता हुनेछन् ।
अत्यधिक खर्च र आलोचनाः
ओलिवर डायमेनले यो मौका ती अज्ञात व्यक्तिको सट्टा पाएका हुन् जसले यसका लागि एक सार्वजनिक लिलामीमा २८ मिलियन डलरको अन्तिम बोली लगाएका थिए ।
जेफ बेजोसको स्पेस कम्पनी ब्लू ओरिजिनका अनुसार यो मौकाका लागि लिलामीमा सबैभन्दा धेरै बोली लगाउने व्यक्ति समयको कमीका कारण मिसनमा जान सक्षम भएनन् ।
ब्लू ओरिजिनका अनुसार जोएस डायमेनले दोस्रो फ्लाइटका लागि सीट बुक गराएका थिए तर जब पहिलो बिजेताले आफ्नो नाम फिर्ता लिए तब उनलाई यो मौका दिइयो । तर त्यसपछि जोएस डायमेनले आफ्नो साटो छोरालाई पठाउने निर्णय गरे ।
ओलिवर डायमेन भौतिक विज्ञानका छात्र हुन् । यस्तै वेली फंक यो यात्रापछि अंतरिक्षमा जाने सबैभन्दा उमेरदार महिला बन्नेछिन् ।
यद्यपि, अंतरिक्षमा जानका लागि अत्यधिक खर्च गरेकोमा जेफ बेजोस र रिचर्ड बेनसनको अत्यधिक आलोचना पनि भइरहेको छ । अर्बपतिले यो पैसाको प्रयोग जलवायु परिवर्तनविरुद्धको लडाईं वा महामारीसँग जुध्नका लागि लगाउन सक्थे भनेर थुप्रैले भनिरहेका छन् ।
बीबीसी
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार








