गान्धी स्कुलको आन्दोलन थप कडा बन्दै
काठमाण्डौ । विद्यालयको विषयमा मेयरले गरेका गलत निर्णय फिर्ता नभएसम्म आन्दोलन नछोड्ने दावी आन्दोलनरत पक्षको छ । नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं नौ इकाईको आयोजनामा शुरु भएको सप्ताहब्यापी आन्दोलनको तेश्रो दिन आज पनि विद्यालय क्षेत्रमा मेयर विरुद्ध धर्ना र विरोध आयोजना गरियो । विरोध कार्यक्रममा बोल्दै इकाई सभापति अनिल थापाले आफुहरु वार्ताको लागी सधै तयार भएपनि मेयरले मनोमानी ढंगबाट निर्णय गरेर मुठभेड निम्त्याउन खोजेको आरोप लगाए । उनले भने ‘ अनावश्यक रुपमा र गैर कानुनी रुपमा शिक्षा ऐन संसोधन गरेर ब्यवस्थापन समिति विघटन गर्न खोज्ने, प्रधानाध्यापकलाई गैर कानुनी रुपमा हटाएर आफनो कार्यकर्तालाई जागिर दिन खोज्ने मेयरको हर्कत विरुद्ध हामी उत्रेका हौ । विधानसम्मत काम गर्नुहोस हामी सहयोग गर्छौ । अन्यथा हामी तपाईको विरुद्धमा सधै रहन्छौ । ’
उनले भने ‘ मेयरले विद्यालयका बारेमा गरेका भ्रामक सुचनाका विषयमा संचार माध्यमहरुले समेत सत्य तथ्य पुष्टि गर्नु पर्ने अवस्था आएको छ । मेयरले संचार माध्यममा विद्यालयको खाता र प्रधानाध्यापकको विषयमा दिएको भ्रामक अभिब्यक्ति पुष्टि गर्न पनि म चुनौति दिन चाहान्छु । ’
आइतवारको विरोध कार्यक्रममा स्थानिय अभिभावक, विभिन्न राजनैतिक दलका नेता र कार्यकर्ता तथा पूर्व विद्यार्थीहरुको समेत बाक्लो उपस्थिति थियो । सो विद्यालयका प्रधानाध्यापक गणेश चन्दले नगरपालिकाले वैधानिक निर्णय गरे आफुलाई मान्य हुने बताए । उनले भने‘ विधिसम्मत जो प्रधानाध्यापक आए म ससम्मान छाड्न र उहाँलाई स्वागत गर्न तयार छु । यत्रो बर्षदेखी आर्जन गरेको सम्मान गुमाएर म कसरी स्कुल छाडेर हिड्नु, मेयरले म माथी अन्याय गरे । यसमा मलाई दुख लागेको छ । ’ सो विद्यालयको ब्यवस्थापन समितिका सदस्य तथा नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का इकाई सभापति भिम थापाले मेयरले विगत देखी अहिलेसम्म एक पछि अर्को गर्दै गैर कानुनी काम गरेको आरोप लगाए । उनले भने ‘ विद्यालयलाई राजनीति गर्ने र आफनो गुटको कार्यकर्ता पोस्ने थलो बनाउन खोज्नु गलत हो । ’
विद्यालय ब्यवस्थापन समितिका पूर्व सदस्य तथा समाजसेवी सानुभाई थापा (ओम गुन्जा)ले मेयरको हर्कतले आफुलाई पनि चकित पारेको बताए । उनले भने ‘ नाताले मेरो आफनै भतिज मेयरबाट यस्तो काम होला भन्ने लागेको थिएन, मलाई पनि दुख लाग्यो । बेलैमा गलत निर्णय सच्च्याउन म मेयर थापालाई आग्रह पनि गर्न चाहान्छु । ’
सप्ताहब्यापी आन्दोलन अन्तर्गत सोमबार पनि विहान ९ बजेदेखी विरोध कार्यक्रम गरिने आयोजकहरुले जनाएका छन् । सोमवार विहान स्थानिय अभिभावक र स्थानिय बासिन्दाको उपस्थितिमा विरोध कार्यक्रम गरिने सभापति थापाले जानकारी दिए । विरोध कार्यक्रममा स्थानिय बासिन्दाले दिएको समर्थनले आफु उत्साही भएको पनि थापाले जनाए ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





