३२ टेकिन् भुमि

२०७८ श्रावण ३ गते, आईतवार

एजेन्सी । अभिनेत्री भुमि पेडनेकर आज आफ्नो ३२ औं जन्मदिन मनाउँदैछिन् । १८ जुलाई १९८९ मा मुम्बईमा जन्मिएकी भुमिले कठिन संघर्ष र मिहिनेतले बलिउडमा पहिचान बनाउन सफल भएकी हुन् । सन् २०१५ मा फिल्म ‘दम लगा के हईशा’बाट अभिनय करियर सुरु गरेकी उनले फिल्ममा दमदार महिलाको भुमिका निर्वाह गरेकी थिइन् । अक्सर अभिनेत्रीहरु आफ्नो तौल घटाएर फिल्ममा आएका छन् । उनले भने डेब्यु फिल्मका लागि तौल बढाएकी थिइन् । फिल्म रिलिज पछि चलचित्रको कथा र भुमिको अभिनय दुवै रुचाइएको थियो ।
थुप्रै अभिनेत्रीको भिडमा बलिउडमा आफ्नो परिचय बनाउन भुमिका लागि सहज थिएन । तर पनि उनले आफ्नो फरक पहिचान बनाउन सफल रहिन् । उनी १८ बर्षका रहदा उनका बुबाको क्यान्सरका कारण निधन भयो । बुबाको निधन पछि उनी र परिवारले निकै संघर्ष गर्नुपरेको थियो ।
भुमि निकै मेहनती छिन् । अभिनेत्री बन्नु अगाडि उनले ६ वर्ष यशराज फिल्ममा असिस्टेन्टको काम गरेकी थिइन् । उनी आफुलाई टिपिकल मुम्बई गर्ल समेत मान्दछिन् । भुमिले पर्दामा त्यस्तो मुद्दा उठाएकी छन् । जसका लागि अन्य हेरोइन पछि हट्ने गर्दछन् । उनले ‘शुभ मंगल सावधान’ र ‘टोयलेट एक प्रेम कथा’ जस्तो फिल्ममा काम गरेकी छन् । जसमा समाजको वास्तविकता देखाइएको थियो । जुन बिषयमा मानिस खुलेर कुरा गर्न हिच्किचाउने गर्दथे । भुमि छिट्टै अक्षयकुमारका साथ फिल्म ‘रक्षाबन्धन’मा समेत देखिनेछिन् ।

286 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal