सन्की शासकले सिध्याएको संसद संविधानद्वारा स्वतः सुचारु

२०७८ श्रावण ३ गते, आईतवार

काठमाडौं । सन्कीको भरमा प्रतिनिधिसभा विघटन गरेर तानाशाही प्रवृत्ति देखाएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्चले फेरि अर्को झापड हानेको छ । पटकपटक संविधानविरोधी गतिविधि गर्दै आफूलाई प्रधानमन्त्री पदमा टिकाइरहन खोजेका ओलीको अब दिनगन्ती सुरु भएको छ ।
ओलीले प्रधानमन्त्रीको हैसियतले संविधानलाई किल्चँदै २०७७ को पौष ५ गते र २०७८ को जेष्ठ ७ गते प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गरेका थिए । ओलीले पार्टीभित्र अरु कुनै विकल्प नखोजी गरेका हरेक निर्णयले पार्टीलाई मात्र होइन देशलाई नै असर परेको छ तर ओलीले यसलाई स्विकारेका छैनन् । प्रधानमन्त्री खुस्केको भोलिपल्ट सिंहदरवारमा आयोजित देशवासीको नाममा सम्वोधनमा पनि उनले पार्र्टीभित्रका माधवकुमार नेपाल पक्ष र सर्वोच्च अदालतलाई नराम्ररी गाली गरेका थिए । आफूले चालेका गलत कदमलाई सर्वोच्चले उल्ट्याइदिएपछि ओली सर्वोच्चसँग पनि नराम्ररी बिच्किएका हुन् ।
ओलीले पार्टीमा आफूबाहेक प्रधानमन्त्री हुन अरु कोही पनि योग्य छैन भनेजस्तो गरी मनपरी ढंगले सरकार चलाउँदै आएपछि अन्ततः उनले त्यसको नराम्रो परिणाम भोगेका छन् । संविधानले ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको थिएन तर पनि उनले आफूले जे गरे पनि हुने भन्दै दुइ पटकसम्म संसद विघटन गरेर इतिहास रचेका छन् । असार २८ गते सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापनासँगै कांग्रेसका प्रतिनिधिसभाका सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश गरेपछि ओली झन् बिच्किएका थिए । आज पुनस्र्थापित प्रतिनिधिसभाको बैठक शुरु हुँदैछ । ओली समर्थकले काठमाडौं उपत्यकामा सर्वोच्चको परमादेशको विरोधमा जुलुस समेत निकालेका थिए ।
ओलीले सर्वोच्चले संविधान संशोधन गरेर देउवालाई प्रधानमन्त्री बनाएको पनि आरोप लगाए । ओली ३० गते वालुवाटारबाट दुःखद् मुदा्रमा बालकोट गएका छन् । ओलीले घरको बार्दलीमा बसेर शुभेच्छुक तथा कार्यकर्तालाई सम्वोधन गर्दै माधव माधवकुमार नेपाललाई ‘गद्यार’ को संज्ञा दिएका थिए । असार २७ गते एमालेको विवाद समाधानका लागि गठित कार्यदलले दिएको प्रतिवेदनमाथि पनि नेपालले शंका गरेका थिए तर अर्को दिन सर्वोच्चले फैसला गरेपछि प्रतिवेदन पनि अल्मलिएको छ ।
ओली संसदमा ठूलो दल रहेको हैसियतमा वैशाख ३० गते राती फेरि प्रधानमन्त्री भएका थिए, उनले ३१ गते शपथ गरेका थिए । ओलीको वालुवाटारबाट वहिर्गमनलाई धेरैले स्वाभाविक मानेका छन् । ओली प्रवृत्तिकै कारण उनीमात्र होइन पार्टीसमेत संकटमा परेको छ ।

276 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal