बिहीबारदेखि युनियन लाइफको साधारण सेयर बिक्री खुल्ला, कति दिन पाइन्छ आवेदन ?

२०७८ असार २३ गते, बुधबार

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गतेबाट सर्वसाधारणहरूको लागि साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ मध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

उक्त सेयर कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

3693 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal