शाहीले समाजसेवा गर्न छोडेनन्
काठमाडौं । नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले हिमा गाउँपालिकाका तीनवटा प्रहरी चौकीलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
उनले बड्की, बुअ र जुगार प्रहरी चौकीलाई मास्क र सेनिटाइजर उपलब्ध गराएको जनाए । उनले कोरोना भाइरसको कारण नागरिकमा स्वास्थ्यसम्वन्धी समस्या हुने भन्दै ती सामग्री प्रदान गरिएको बताए । ‘अग्रपंक्तिमा रहेर जनताको सेवा गर्ने प्रहरीलाई झन् बढी ती सामग्री चाहिने भएकाले केही सहयोग गरेको हुँ’ उनले भने ‘आफूले जे सक्छु त्यही गरेको छु, अब पनि यो अभियानलाई निरन्तरता दिन्छु ।’ उनले यो बेलामा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर नागरिकलाई सचेत र सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारको मुखमात्र ताकेर बस्न नहुने भन्दै गाउँमा यस्तै प्रकारका अभियान पनि चलाएका छन् ।
उनले केही दिनअघि हिमा गाउँपालिकाका सबै वडाहरुमा ६ हजार एक सय मास्क वितरण गरेका थिए । स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका उनले निर्वाचनमा पराजित भए पनि गाउँवासीको हितमा विविध काम गर्दै आएका छन् । ‘गत वर्षको कोरोना संक्रमणका बेलामा पनि गाउँपालिका मात्र नभएर जिल्लाका अन्य स्थानीय तहमा पनि मास्क, सेनिटाइजरका साथै स्वास्थ्य सामग्री बाँडेको थिँए’ उनले भने ‘गाउँवासीलाई अप्ठेरो पर्दा म चुपचाप बस्नु हुँदैन भनेर सक्रियता देखाएँ ।’ उनले गत वर्ष पनि झण्डै १० हजारभन्दा मास्क वितरण गरेका थिए ।
कोरोना भाइरसको संक्रमणका बेला स्थानीय सरकारले सक्रियता देखाउनुपर्ने उनको भनाई छ । ‘यो अहसज बेलामा कसैले पनि राजनीतिक रुपले हेर्नु हुँदैन, संकटको सामना गर्न सबै एकजुट बन्नुपर्छ’ उनले भने ‘सरकारले जति गर्नुपर्ने हो त्यो गरेन त्यसैले पनि राजनीतिक दल र व्यक्तिहरु सक्रिय भएर जनताको जीवन बचाउनेतिर लाग्नुपर्ने बेला भएको छ ।’ उनले आवश्यकता अनुसार आगामी दिनमा पनि यस्तै प्रकारको समाजसेवा गर्ने जनाएका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





