शाहीले समाजसेवा गर्न छोडेनन्
काठमाडौं । नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले हिमा गाउँपालिकाका तीनवटा प्रहरी चौकीलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
उनले बड्की, बुअ र जुगार प्रहरी चौकीलाई मास्क र सेनिटाइजर उपलब्ध गराएको जनाए । उनले कोरोना भाइरसको कारण नागरिकमा स्वास्थ्यसम्वन्धी समस्या हुने भन्दै ती सामग्री प्रदान गरिएको बताए । ‘अग्रपंक्तिमा रहेर जनताको सेवा गर्ने प्रहरीलाई झन् बढी ती सामग्री चाहिने भएकाले केही सहयोग गरेको हुँ’ उनले भने ‘आफूले जे सक्छु त्यही गरेको छु, अब पनि यो अभियानलाई निरन्तरता दिन्छु ।’ उनले यो बेलामा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर नागरिकलाई सचेत र सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारको मुखमात्र ताकेर बस्न नहुने भन्दै गाउँमा यस्तै प्रकारका अभियान पनि चलाएका छन् ।
उनले केही दिनअघि हिमा गाउँपालिकाका सबै वडाहरुमा ६ हजार एक सय मास्क वितरण गरेका थिए । स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका उनले निर्वाचनमा पराजित भए पनि गाउँवासीको हितमा विविध काम गर्दै आएका छन् । ‘गत वर्षको कोरोना संक्रमणका बेलामा पनि गाउँपालिका मात्र नभएर जिल्लाका अन्य स्थानीय तहमा पनि मास्क, सेनिटाइजरका साथै स्वास्थ्य सामग्री बाँडेको थिँए’ उनले भने ‘गाउँवासीलाई अप्ठेरो पर्दा म चुपचाप बस्नु हुँदैन भनेर सक्रियता देखाएँ ।’ उनले गत वर्ष पनि झण्डै १० हजारभन्दा मास्क वितरण गरेका थिए ।
कोरोना भाइरसको संक्रमणका बेला स्थानीय सरकारले सक्रियता देखाउनुपर्ने उनको भनाई छ । ‘यो अहसज बेलामा कसैले पनि राजनीतिक रुपले हेर्नु हुँदैन, संकटको सामना गर्न सबै एकजुट बन्नुपर्छ’ उनले भने ‘सरकारले जति गर्नुपर्ने हो त्यो गरेन त्यसैले पनि राजनीतिक दल र व्यक्तिहरु सक्रिय भएर जनताको जीवन बचाउनेतिर लाग्नुपर्ने बेला भएको छ ।’ उनले आवश्यकता अनुसार आगामी दिनमा पनि यस्तै प्रकारको समाजसेवा गर्ने जनाएका छन् ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





