३६ वर्षकी भइन् सोनम, यस्तो छ उनको फिल्मी करियर
एजेन्सी
मुम्बई । बलिउड अभिनेत्री सोनम कपुर आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछिन् । डेब्यु फिल्मबाट असफलता हात पारेकी सोनमलाई त्यसपछिको फिल्मबाट भने सफलता मिलेको थियो । ९ जुन १९८५ मा जन्मिएकी सोनम अनिल कपुर र सुनिताकी छोरी हुन् । सोनमले बलिउड डेब्यु सञ्जय लीला भंसालीको फिल्म ‘सांवरिया’ बाट गरेकी थिइन् । जुन फिल्म २००७ मा रिलिज भएको थियो । फिल्मका लागि उनले आफ्नो तौल ३० केजी घटाएकी थिइन् । फिल्म अभिनय अगाडि उनले सिंगापुरबाट अभिनय कोर्स पनि पुरा गरेकी थिइन् । सो समय उनको तौल ८६ किलो रहेको थियो ।
सहायक निर्देशक सोनम
अभिनयमा डेब्यु पूर्व सोनमले संजय लीला भंसालीको फिल्म ‘ब्लैंक’ मा असिस्टेन्ट निर्देशकको रुपमा काम गरेकी थिइन् । कामको सिलसिलमै भंसालीले उनलाई आफ्नो अर्को फिल्म ‘सांवरिया’ मा अभिनय गराउने इच्छा जाएर गरेका थिए ।
‘आइ हेट लभ स्टोरी’ बाट हिट
२००९ मा राकेश ओमप्रकाश मेहराको फिल्म ‘दिल्ली ६’ मा उनी अभिषेक बच्चनका साथ देखिएकी थिइन् । २०१० मा प्रदर्शनमा आएको रोमान्टिक कमेडी फिल्म ‘आइ हेट लव स्टोरी’ बाट भने उनलाई बलिउडमा चर्चा मिल्यो । २०१३ मा उनको फिल्म ‘राझणा’, ‘२०१४ मा ‘भाग मिल्खा भाग’ दर्शकले निकै रुचाएका थिए । त्यसपछि सोनमले ‘खुबसुरत’, ‘आयशा’, ‘थैंक युु’, ‘प्लेयर्स’, ‘पे्रम रतन धन पायो’ लगायत फिल्म अभिनय गरेकी छन् ।
आनन्द आहुजासँग विवाह
सोनमले २०१८ मा बिजनेस म्यान आनन्द आहुजासँग प्रेम विवाह गरेकी हुन् । उनले एक अन्तवार्ताका क्रममा प्रेमको बिषयमा बताएकी थिइन् ‘मेरो साथी मलाई आनन्दको बेष्ट फ्रेण्डसँग सेट गर्न चाहान्थ्यो । यसकै सिलसिलामा आनन्दसँग भेट भयो । पहिलो पटक आनन्दसँग भेटेको समय म फिल्म ‘प्रेम रतन धन पायो’ को प्रमोसनमा ब्यस्त थिए । त्यसपछि कयौं उतार चढावका बावजुद हामी नजिक भयौँ र हामीले विवाह गर्यौ ।
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





