शेषकान्त फाउण्डेशनद्धारा धुनिवेशी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

२०७८ जेष्ठ २७ गते, बिहीबार

काठमाडौं । शेषकान्त फाउण्डेशनले धादिङको धुनीवेशी नगरपालिकालाई बुधवार कोरोना संक्रमणबाट बचाउने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फाउण्डेशनका उपाध्यक्ष तथा नेपाली कांग्रेस धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले फाउण्डेशनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ती सामग्री वितरण गरिएको जनाए । फ्युचर अफ नेपालको आर्थिक सहयोग र लाजिम्पाट काठमाडौंमा रहेको कोकिना मिठो छ को सहकार्यमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ । फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले नगरपालिकामा नै पुगेर नगर प्रमुख वालकृष्ण आचार्यलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
फाउण्डेशनले मेडिकल मास्क ५० प्याकेट, पीपीई एक सय पीस, अक्सिमिटर ५० पीस, थर्मोमिटर ५० पीस, कन्सन्टेटर ३ थानका साथै ग्लोव्सलगायतका सामग्री प्रदान गरिएको फाउण्डेशनका उपाध्यक्ष सापकोटाले जनाएका छन् । सापकोटाले आवश्यकता अनुसार अन्य स्थानीय तहमा पनि उपलब्ध गराउने स्पष्ट पारेका छन् । ‘यो असहज अवस्थामा आफ्नो तर्फबाट केही सहयोग गरौं भनेर यो अभियान चलायौं’ उनले भने ‘कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सबैले आफ्नो ठाउँबाट जिम्मेवार भएर योगदान गर्नुपर्ने बेला भएको छ ।’

363 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal