युरोकप अपराजित इटालीलाई युवा टर्कीको चुनौती

२०७८ जेष्ठ २८ गते, शुक्रबार


एजेन्सी
युरोकपको सुरुवाती खेल रोममा हुँदैछ र २७ खेलसम्म अपराजित रहेको घरेलु टोली इटलीले टर्कीको सामना गर्दैछ । प्रशिक्षक सेनोल गुनेसको नेतृत्वमा रहेको टर्किस् टोली यसपटक युवा खेलाडीहरूले भरिएको छ ।

प्रशिक्षक गुनेसले आफ्नो टोली अंक खोस्ने आशा बोकेर रोम नआएको स्पष्ट पारिसकेका छन्, उनले इटलीविरुद्ध स्टाइलिस फुटबल खेल्ने बताए ।

टर्की पछिल्ला ५ खेलमा अपराजित छ । उसले तीन खेल जितेको छ भने २ खेल बराबरी गरेको छ । त्यसकारण पनि उसले इटलीलाई कडा टक्कर दिनसक्छ ।

यता, इटलीले पछिल्लो ५ खेलमध्ये पाँचवटै खेल जितेको छ । त्यस्तै, हेड टु हेडमा पनि इटली नै अघि छ । टर्कीविरुद्ध उसले अहिलेसम्म खेलेका सबै ३ खेल जितेको छ ।

इटलीले २०१८ यता कुनै पनि खेल हारेको छैन र २०२१ मा एक गोल पनि खाएको छैन । पछिल्लो समय चेक गणतन्त्रविरुद्ध इटलीले निकै उत्कृष्ट खेल देखाएको थियो, युरोअघिको यस वार्मअप खेलमा उसले ४–० को जित निकाल्यो । यस खेलमा इटलीका तीनवटै स्ट्राइकर लोरेन्जो इन्जाघी, सिरो बेरार्डी र सिरो इम्मोबिल सबै फर्ममा देखिएका थिए ।

सन् १९६८ को युरोकप विजेता इटली सन् २००० र २०१२ मा पनि प्रतियोगिताको फाइनलमा पुगेको थियो । टर्कीले आजको खेलसँगै आफ्नो चौथो युरो यात्रा थालनी गर्नेछ । यसअघिका तीन संस्करणमध्ये उसले सन् २००८ मा सेमिफाइनल यात्रा गरेको थियो ।

543 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal