राजा विरेन्द्रको योगदानलाई बिर्सेउँ भने देश झन् संकटमा जाने छ– प्रथम उपाध्यक्ष वस्याल

२०७८ जेष्ठ २० गते, बिहीबार

काठमाडौं । स्वर्गीय राजा विरेन्द्र शान्ति प्रतिष्ठानका प्रथम उपाध्यक्ष बलबहादुर बस्यालले तत्कालीन राजा विरेन्द्र विरविक्रम शाहको योगदानलाई बिर्सने हो भने देशमा झन् संकट आउने बताएका छन् ।
स्वर्गीय राजा विरेन्द्रको हत्या भएको २० वर्ष पुगेको दुःखद् दिनको सम्झना गर्दै उनले राजा, रानी र राजपरिवारका सदस्यलाई षडयन्त्रपूर्ण ढंगले हत्या गरिएको स्पष्ट पारेका छन् । ‘उहाँले देशको लागि केही गर्ने योजना बनाउनुभएको थियो, उहाँको कुरा पचाउन नसक्नेले षड्यन्त्र गरे, यो दुःखद् पाटो हो’ उनले भने ‘ उहाँको हत्या भएपछि देश माथि जान सकेको छैन, भइरहेको शान्ति, विकास र प्रगति पनि पछि परेको छैन, यसमा सुधार होला भन्ने सम्भावना छैन ।’ वस्यालले विरेन्द्रलाई विकासप्रेमी, राष्ट्रप्रेमी र नागरिकप्रेमी राजाका रुपमा हेरेका छन् । राजसंस्थामा देश र जनताले अभिभावक पाएको तर अहिले भने शासन व्यवस्था भद्रगोल भएको उनको आरोप छ ।
वस्यालले राजा विरेन्द्रले फराकिलो छाती बनाएर नेपाललाई शान्तिक्षेत्रमा परिणत गरेको बताए । उनले अरु राजाभन्दा विरेन्द्रमा एउटा भीजन भएको दाबी गरेका छन् । अहिलेको राजनीतिमा एकले अर्कालाई विश्वास गर्ने सिस्टम नभएकोमा पनि उनलाई चिन्ता छ । विरेन्द्रले सार्क राष्ट्रको अवधारणा ल्याएको भन्दै थपे ‘उहाँले जे दृष्टिकोण लिनुभएको थियो त्यो बीचमा उहाँसँगै हराएको छ, उहाँको सपना साकार पार्न पनि उहाँले चालेका कदमलाई आत्मसात गरी सरकार र दलहरुले काम गर्नुपर्दछ ।’
तत्कालीन राजा विरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्रसहित परिवारका सदस्यको २०५८ साल जेष्ठ १९ गते दरवार हत्याकाण्डमा परी निधन भएको थियो । ६ वर्षअघि विरेन्द्रको सन्देश र योगदानलाई तल्लो तहसम्म फैलाउने उद्येश्यले प्रतिष्ठानको स्थापना भएको थियो । प्रतिष्ठानले आज पनि जावलाखेल पुगेर राजा विरेन्द्रको शालिकमा माल्यार्पण गरेको वस्यालले जनाए ।

277 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal