१९ बर्षे पाकिस्तानी आरोही कासिफले गरे सगरमाथाको आरोहण

२०७८ जेष्ठ ९ गते, आईतवार

काठमाडौं । १९ वर्षे पाकिस्तानी आरोही सहरोज कासिफले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले गत वैशाख २८ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।
सफल आरोहणसँगै उनले राष्ट्रिय किर्तीमान समेत राखेका छन् । १९ वर्षको उमेरमा सगरमाथाको शिखरमा पाइला राख्दै पाकिस्तानीमध्ये कम उमेरमा विश्वको सर्वोच्च शिखर पुग्ने पहिलो नागरिक बनेका छन् उनी । आरोहणपश्चात उनले खुशी हुँदै उनले भने ‘म यो सफलताबाट निकै खुशी छु, आठ वर्षअघि देखिको सोचले अहिले सार्थकता पाएको छ ।’
सगरमाथा चढ्ने सबैभन्दा कान्छा पाकिस्तानी सहरोज कासिफले नेपाल र पाकिस्तानको हिमालले दुई देशको सम्बन्धलाई बयान गर्ने बताए । आरोही कासिफले सगरमाथाको सफल आरोहणपछि नेपाल र नेपालीले देखाएको माया र सद्भावको खुलेरै प्रशंसा गरेका छन् । उनी कासिफ सेभेन समिट कम्पनीमार्फत सगरमाथा आरोहणमा सामेल भएका थिए ।

267 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal