नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउने – उपमेयर हरिप्रभा
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरु नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताउनु भएको छ । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उहाँको भनाइ थियो ।
मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास तालिमको समापन समारोहका प्रमुख अतिथि उपमेयर श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै राख्नुभएको मन्तब्यमा नेतृत्व विकास तालिमको एक हप्ताको अवधिमा सहभागीमा देखिएको परिवर्तनले आफू निकै उत्साहित भएको बताउनु भएको हो । उपमेयर श्रेष्ठले मन्तब्यकै क्रममा शुभकामना गीत गाउँदा सहभागीहरु निकै उत्साहित भएका थिए ।
मंगलादेवी सिँहप्रति शब्द–सम्मान ब्यक्त गर्दै शुरु गरिएको कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवालको सभापतित्वमा भएको हो । अध्यक्ष अवालले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दिपक अधिकारीले महिलाहरुको क्षमता अभिबृद्धिमा महानगरपालिकाले गम्भीरता पूर्वक विभिन्न योजना तथा कार्यक्रम निर्माण गरिरहेको बताउनु भयो । नेतृत्व विकास तालिमको सिकाई उपलब्धिले खुशी लागेको उहाँको भनाइ थियो ।
कार्यक्रम प्रशिक्षक सुरजवीर बज्राचार्यले प्रशिक्षार्थीहरुको सक्रिय सहभागिता एवं रातदिन नभनी गरेको मेहेनतले आफूमा उत्साह थपेको बताउनु भएको छ । कक्षाका प्रत्येक अभ्यासमा जिउज्यानले मेहेनत गर्ने यो अनुभव परम्पराकै रुपमा विकास होस् भन्नुहुँदै मौका आउँदा उपयोग गर्न आग्रह गर्नुभयो साथै आवश्यकता पर्दा सँधै साथमा उभिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
तालिम कार्यक्रमका संयोजक आनन्दरत्न बज्राचार्यले महिलाहरु नेतृत्वमा रहेको हेर्ने समाजको चाहना रहेपनि अग्रसर नहुने महिलाहरुमा उत्साह जागोस् भन्ने उद्देश्यले तालिम आयोजना भएको बताउनु भयो । अर्कोतर्फ अग्रसर हुने अठोट र क्षमता भइकन पनि अवसर र प्रोत्साहनको कमीले महिलाहरु नेतृत्वमा पुग्ने यात्रा कमजोर हुने गरेको उहाँले बताउनु भयो ।
समापन कार्यक्रममा प्रशिक्षक सुरजवीर बज्राचार्य, तालिम संयोजक आनन्दरत्न बज्राचार्य तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दिपक अधिकारीलाई कदरपत्र प्रदान गरिएको थियो भने प्रशिक्षार्थीहरु सबैको हस्ताक्षर रहेको ‘धन्यवाद पत्र’ प्रमुख अतिथि हरिप्रभा खड्गी श्रेष्ठ तथा आयोजक मंगलादेवी प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवाललाई प्रदान गरिएको थियो ।
प्रशिक्षार्थी प्रविणा श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य प्रशिक्षार्थी एवं लोकप्रिय गायिका सरीता शाहीले राखेकी थिइन् । काठमाडौं महानगरपालिकाको सहयोगमा जन चिकित्सालय न्ह्योखाको हलमा भएको तालिममा २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षार्थी एवं कलाकारहरु अगिना तण्डुकार, सविना मानन्धर, सरीता शाहीले गीत समेत प्रस्तुत गरेका थिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





