कोरोना फैलाउनेलाई साउदीमा पाँच वर्ष जेल

२०७८ बैशाख १३ गते, सोमबार

दोहा । कोरोना संक्रमण बढेसंगै साउदी अरबले संक्रमण रोक्न थप कदम चालेको छ ।
साउदीले जानाजानी कोरोना भाइरस संक्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने भएको छ ।
साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको बताइएको छ ।
साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिबाना तोकेको सार्वजनिक अभियोजनलाई उद्धृत गर्दै त्यहाँबाट प्रकाशन हुने साउदी ग्याजेट पत्रिकाले जनाएको ।
कोरोना सङ्क्रमण फैलाउने आप्रवासी श्रमिक भए पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने समेत जनाइएको छ । साउदीले आप्रवासीहरुलाई पनि कोरोनाको खोप निःशुल्क रुपमा उपलब्ध गराउदै आइरहेको छ ।
यो समाचार तयार पार्दासम्म साउदीमा कोरोना सङ्क्रमितको संख्या ४ लाख १२ हजार २१६ पुगेको छ ।
उपचारपछि निको हुनेको सङ्ख्या ३ लाख ९५ हजार ५५७ पुगेको छ भने संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ९०० रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ठूलो सङ्ख्या नेपाली कामदार रहेको साउदीमा अहिलेसम्म संक्रमणबाट ८९ जना नेपालीले ज्यान गुमाईसकेको नेपाली दूतावास स्रोतले जनाएको छ ।
साउदीले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे नखुलाएको करण के कति नेपाली सङ्क्रमित भए कति निको भएर काममा फर्किए भन्ने आधिकारिक तथ्याङ्क दूतावाससंग पनि छैन । (एजेन्सी)

374 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal