नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउने – उपमेयर हरिप्रभा

२०७८ बैशाख १३ गते, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरु नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताउनु भएको छ । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उहाँको भनाइ थियो ।
मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास तालिमको समापन समारोहका प्रमुख अतिथि उपमेयर श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै राख्नुभएको मन्तब्यमा नेतृत्व विकास तालिमको एक हप्ताको अवधिमा सहभागीमा देखिएको परिवर्तनले आफू निकै उत्साहित भएको बताउनु भएको हो । उपमेयर श्रेष्ठले मन्तब्यकै क्रममा शुभकामना गीत गाउँदा सहभागीहरु निकै उत्साहित भएका थिए ।
मंगलादेवी सिँहप्रति शब्द–सम्मान ब्यक्त गर्दै शुरु गरिएको कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवालको सभापतित्वमा भएको हो । अध्यक्ष अवालले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दिपक अधिकारीले महिलाहरुको क्षमता अभिबृद्धिमा महानगरपालिकाले गम्भीरता पूर्वक विभिन्न योजना तथा कार्यक्रम निर्माण गरिरहेको बताउनु भयो । नेतृत्व विकास तालिमको सिकाई उपलब्धिले खुशी लागेको उहाँको भनाइ थियो ।
कार्यक्रम प्रशिक्षक सुरजवीर बज्राचार्यले प्रशिक्षार्थीहरुको सक्रिय सहभागिता एवं रातदिन नभनी गरेको मेहेनतले आफूमा उत्साह थपेको बताउनु भएको छ । कक्षाका प्रत्येक अभ्यासमा जिउज्यानले मेहेनत गर्ने यो अनुभव परम्पराकै रुपमा विकास होस् भन्नुहुँदै मौका आउँदा उपयोग गर्न आग्रह गर्नुभयो साथै आवश्यकता पर्दा सँधै साथमा उभिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
तालिम कार्यक्रमका संयोजक आनन्दरत्न बज्राचार्यले महिलाहरु नेतृत्वमा रहेको हेर्ने समाजको चाहना रहेपनि अग्रसर नहुने महिलाहरुमा उत्साह जागोस् भन्ने उद्देश्यले तालिम आयोजना भएको बताउनु भयो । अर्कोतर्फ अग्रसर हुने अठोट र क्षमता भइकन पनि अवसर र प्रोत्साहनको कमीले महिलाहरु नेतृत्वमा पुग्ने यात्रा कमजोर हुने गरेको उहाँले बताउनु भयो ।
समापन कार्यक्रममा प्रशिक्षक सुरजवीर बज्राचार्य, तालिम संयोजक आनन्दरत्न बज्राचार्य तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दिपक अधिकारीलाई कदरपत्र प्रदान गरिएको थियो भने प्रशिक्षार्थीहरु सबैको हस्ताक्षर रहेको ‘धन्यवाद पत्र’ प्रमुख अतिथि हरिप्रभा खड्गी श्रेष्ठ तथा आयोजक मंगलादेवी प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवाललाई प्रदान गरिएको थियो ।
प्रशिक्षार्थी प्रविणा श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य प्रशिक्षार्थी एवं लोकप्रिय गायिका सरीता शाहीले राखेकी थिइन् । काठमाडौं महानगरपालिकाको सहयोगमा जन चिकित्सालय न्ह्योखाको हलमा भएको तालिममा २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षार्थी एवं कलाकारहरु अगिना तण्डुकार, सविना मानन्धर, सरीता शाहीले गीत समेत प्रस्तुत गरेका थिए ।

321 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal