मेयर च्याम्पियनसीप–२०७७ सम्पन्न

२०७७ चैत्र ३० गते, सोमबार

भक्तपूर । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नारासाथ चौथो राष्ट्रिय सोतोकान SKDUN डो संघ तथा तेस्रो सूर्यविनायक मेयर च्याम्पियनसीप–२०७७ सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री दावा तामाङ ले आफ्नो मनतव्य राख्दै, खेलकुदको विकास र बिस्तारको लागि सरकारले विभिन्न योजना अगाडि सारेको साथै खेलसँगै खेलाडीको भविष्य पनि सुनिश्चित हुनुपर्ने बताएका छन् । मन्त्री तामाङले नेपालमा पछिल्लो समयमा खेलको निकै विकास हुँदै आएको चर्चा गर्नुको साथै सरकारले खेलको माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकुदको विकासमा कदम चालिरहेको पनि बताए । स्थानीय स्तरमा हुने यस्ता विभिन्न खेलकुद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनक रुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याए । स्थानीय स्तरबाटै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री तामाङले औँल्याए ।
देशभरका सात वटा सोतोकान SKDUN कराते डाजो तथा अन्य कराते डो संघहरुबाट ३२ वटा डोजोका १५० भन्दा बढी खेलाडीहरु प्रतियोगीतामा सहभागिता भएकोे आयोजक टिमका अध्यक्ष अनिल श्रेष्ठले बताए । साथै उक्त एकदिने प्रतियोगिताको समापन तथा खेलाडीहरुलाई मेडन, प्रमाण पत्र र नगद सहित सूर्यविनायक नगरपालिकाका प्रमुख वाशुदेव थापाले प्रदान गर्नुभएको थियो । प्रथम टिम SKDUN गोल्ड मेडल, प्रमाण पत्र र नगद सहित सम्मानीत भएका छन्, दोस्रो टिम NSKF मेडल, प्रमाण पत्र र नगद सहित सम्मानीत भएका छन्, तेस्रो टिम IMA मेडल, प्रामण पत्र र नगद सहित सम्मानीत भएका छन्, अनुशाषित टिममा ISKF, उत्कृष्ट खेलाडी पुरुषमा निमा शेर्पा, महिलामा सुजीता शाक्य साथै उत्कृष्ट टिमहरु प्रमाण पत्र, मेडल र नगद सहित सम्मानीत भएका छन् । उक्त प्रतियोगीतामा रेफ्रीका भूमीका निर्वाह गर्ने, उपस्थीत अथितीगणहरु साथै पत्रकार बन्दुहरु सबैलाई मायाको चिनो दिएर नगर प्रमुखले सम्मान गर्नुभएको थिए ।
आयोजक श्रेष्ठले, हरेक वर्ष विभिन्न चरणमा विभिन्न खेलको प्रतियोगिता गर्दै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने काममा क्प्म्ग्ल् अग्रसरता देखाउँदै आएको पनि बताए । प्रतियोगितामा मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको जानकारी दिँदै, प्रतियोगितामा अन्दाजी पाँच लाख रूपैयाँ खर्च भएको पनि बताए ।
आयोजक टिमहरुमा SKDUN का उपअध्यक्ष श्याम कृष्ण श्रेष्ठ, उपअध्यक्ष नारायण खड्का, वरिष्ठ उपाअध्यक्ष साथै न्यमिभल Golden Future Secondary School अध्यक्ष बद्री बहादुर महत, महासचिवा तथा प्रशिक्षक गोवीन्द श्रेष्ठ, सचिव पञ्च लामा, भक्तपूर जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, काभ्रे जिल्लाका अध्यक्ष विशाल घिमीरे, सोलुखुम्बु जिल्लाका अध्यक्ष राजु ढंगोल, काभ्रेली प्रतिष्ठानका अध्यक्ष राजु दनुवार, काभ्रे जिल्लाको प्रमुख प्रशिक्षक गणेश बहादुर दनुवार, काभ्रे रेफ्री संयोजक तथा प्रविधिक कमिटिको सदस्य राम मणी काफ्ले, केन्द्रीय सदस्य लाक्पा शेर्पा, कानुनी सल्लाहाकार सानु कान्छा श्रेष्ठ, सल्लाहाकार इन्द्र बहादुर थापा, सु.ना.पा. वडा २ का वडा सदस्य सुवास कुमार कार्की, सु.ना.पा. वडा २ महिला वडा सदस्य कान्छी माया श्रेष्ठ, सदस्य मिन लामा, पूर्ण श्रेष्ठ साथै डोजो प्रशिक्षक बुद्धिजीवीहरु यस कार्यक्रमको आयोजक टिममा रहेको महासचिव गोविन्द श्रेष्ठले बताए ।

710 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal