काँग्रेस नेता पौडेलका भार्ई गोविन्दराजको निधन

२०७७ चैत्र ३० गते, सोमबार

काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएको छ । नेता पौडेलले सामाजिक सञ्जालमार्फत् आफ्ना माइला भाइ गोविन्दराजको निधन भएको जानकारी दिएका हुन् ।
उनी पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए । आफ्नो राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइको निधनबाट आफूले एक्लो महसुस गरिरहेको पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए । प्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरी सबै कुरामा सहयोगी थिए । मेरो राजनीति जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले म आफुलाई एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ गोविन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु ।

263 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal