मेयर च्याम्पियनसीप–२०७७ सम्पन्न

२०७७ चैत्र ३० गते, सोमबार

भक्तपूर । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नारासाथ चौथो राष्ट्रिय सोतोकान SKDUN डो संघ तथा तेस्रो सूर्यविनायक मेयर च्याम्पियनसीप–२०७७ सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री दावा तामाङ ले आफ्नो मनतव्य राख्दै, खेलकुदको विकास र बिस्तारको लागि सरकारले विभिन्न योजना अगाडि सारेको साथै खेलसँगै खेलाडीको भविष्य पनि सुनिश्चित हुनुपर्ने बताएका छन् । मन्त्री तामाङले नेपालमा पछिल्लो समयमा खेलको निकै विकास हुँदै आएको चर्चा गर्नुको साथै सरकारले खेलको माध्यमबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उच्च राख्ने गरी खेलकुदको विकासमा कदम चालिरहेको पनि बताए । स्थानीय स्तरमा हुने यस्ता विभिन्न खेलकुद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनक रुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याए । स्थानीय स्तरबाटै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम अगाडि बढाउनुपर्ने मन्त्री तामाङले औँल्याए ।
देशभरका सात वटा सोतोकान SKDUN कराते डाजो तथा अन्य कराते डो संघहरुबाट ३२ वटा डोजोका १५० भन्दा बढी खेलाडीहरु प्रतियोगीतामा सहभागिता भएकोे आयोजक टिमका अध्यक्ष अनिल श्रेष्ठले बताए । साथै उक्त एकदिने प्रतियोगिताको समापन तथा खेलाडीहरुलाई मेडन, प्रमाण पत्र र नगद सहित सूर्यविनायक नगरपालिकाका प्रमुख वाशुदेव थापाले प्रदान गर्नुभएको थियो । प्रथम टिम SKDUN गोल्ड मेडल, प्रमाण पत्र र नगद सहित सम्मानीत भएका छन्, दोस्रो टिम NSKF मेडल, प्रमाण पत्र र नगद सहित सम्मानीत भएका छन्, तेस्रो टिम IMA मेडल, प्रामण पत्र र नगद सहित सम्मानीत भएका छन्, अनुशाषित टिममा ISKF, उत्कृष्ट खेलाडी पुरुषमा निमा शेर्पा, महिलामा सुजीता शाक्य साथै उत्कृष्ट टिमहरु प्रमाण पत्र, मेडल र नगद सहित सम्मानीत भएका छन् । उक्त प्रतियोगीतामा रेफ्रीका भूमीका निर्वाह गर्ने, उपस्थीत अथितीगणहरु साथै पत्रकार बन्दुहरु सबैलाई मायाको चिनो दिएर नगर प्रमुखले सम्मान गर्नुभएको थिए ।
आयोजक श्रेष्ठले, हरेक वर्ष विभिन्न चरणमा विभिन्न खेलको प्रतियोगिता गर्दै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने काममा क्प्म्ग्ल् अग्रसरता देखाउँदै आएको पनि बताए । प्रतियोगितामा मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको जानकारी दिँदै, प्रतियोगितामा अन्दाजी पाँच लाख रूपैयाँ खर्च भएको पनि बताए ।
आयोजक टिमहरुमा SKDUN का उपअध्यक्ष श्याम कृष्ण श्रेष्ठ, उपअध्यक्ष नारायण खड्का, वरिष्ठ उपाअध्यक्ष साथै न्यमिभल Golden Future Secondary School अध्यक्ष बद्री बहादुर महत, महासचिवा तथा प्रशिक्षक गोवीन्द श्रेष्ठ, सचिव पञ्च लामा, भक्तपूर जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, काभ्रे जिल्लाका अध्यक्ष विशाल घिमीरे, सोलुखुम्बु जिल्लाका अध्यक्ष राजु ढंगोल, काभ्रेली प्रतिष्ठानका अध्यक्ष राजु दनुवार, काभ्रे जिल्लाको प्रमुख प्रशिक्षक गणेश बहादुर दनुवार, काभ्रे रेफ्री संयोजक तथा प्रविधिक कमिटिको सदस्य राम मणी काफ्ले, केन्द्रीय सदस्य लाक्पा शेर्पा, कानुनी सल्लाहाकार सानु कान्छा श्रेष्ठ, सल्लाहाकार इन्द्र बहादुर थापा, सु.ना.पा. वडा २ का वडा सदस्य सुवास कुमार कार्की, सु.ना.पा. वडा २ महिला वडा सदस्य कान्छी माया श्रेष्ठ, सदस्य मिन लामा, पूर्ण श्रेष्ठ साथै डोजो प्रशिक्षक बुद्धिजीवीहरु यस कार्यक्रमको आयोजक टिममा रहेको महासचिव गोविन्द श्रेष्ठले बताए ।

593 Views

ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर

२०८२ बैशाख १४ गते, आईतवार

गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति

२०८२ बैशाख १४ गते, आईतवार

सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा

२०८२ बैशाख १२ गते, शुक्रबार

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२ बैशाख १२ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal