ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छः जसपा नेता श्रेष्ठ

२०७७ चैत्र २२ गते, आईतवार

ललितपुर । जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको आश्वासन टाट पल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै भएको बताएका छन् । जनता समाजवादी पार्टीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमा उनले ओली सरकारको उल्टो दिनगन्ती सुरु भएको बताउँदै भने, ‘अहिलेको परिस्थितिमा ओलीले दिएको आश्वासन टाट पल्टे​को व्यापारीले दिएको बाउन्स चेक जस्तै हो । यसमा फस्नु हुँदैन ।’
श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापनापछि प्रधानमन्त्री एकपटक पनि प्रतिनिधिसभाको बैठक कक्षमा प्रवेश नगरेको भन्दै हिउँदे अधिवेशनको मुख्य काम विधेयक पारित गर्नु भएता पनि सरकारले आजसम्म एउटा विधेयक पनि प्रतिनिधिसभामा प्रस्तुत नगरेको बताए ।
उनले भने ‘सरकारले संसदका विभिन्न समितिहरूले पठाएको विधेयक रोकी राख्ने अनि पुनःस्थापित संसदले प्रभावकारी काम गर्न सकेन भन्दै भ्रम छर्नु जो चोर उसैको ठूलो स्वर भनेजस्तो भयो ।’ आफूले असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटनका लागि चालेको कदम ठीक छ भन्ने जनतामा सन्देश दिन प्रधानमन्त्रीले प्रतिनिधिसभाका समितिहरूले प्रतिवेदनसहित पठाएका विधेयकहरु हाउसमा प्रस्तुत नगरेकोमा आक्रोश पोखे । उनले भने, ‘प्रधानमन्त्रीमा संसदको सामना गर्ने हिम्मत देखिएन । त्यसैले उनले नैतिकताको आधारमा राजीनामा गर्नु पर्छ ।’
पार्टीको कार्यकारिणी सदस्य रहेका नेता श्रेष्ठले नेपालमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरणजस्ता युगान्तकारी परिवर्तनका क्षेत्रहरूमा प्राप्त सीमित उपलब्धिहरू पनि ओली शासनमा धरापमा परेको बताए ।अहिलेको प्राप्त उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिहरू प्राप्त गर्नु पार्टीको मुख्य प्राथमिकता भएको उनको भनाइ छ । ओलीले वार्तालाई आफ्नो कुर्सी जोगाउने अस्त्रकोरूपमा प्रयोग गर्ने गरेको श्रेष्ठको आरोप छ ।

ओलीले पटकपटक आश्वासन दिँदै धोका दिने गरेको श्रेष्ठले बताए । नेपाली काँग्रेसले भर्खरै ओली सरकारको विकल्प दिन पहलकदमी लिने भनेर गरेको निर्णय सकारात्मक भएको बताए । सांसद श्रेष्ठले ओलीमा बोल्नेमा शिरोमणि काममा कछुवा जस्तो भन्दै सय वर्षपछि हुने कुरा पनि अहिले नै बोलेर मैले त उहिल्यै भनेको थिएँ भन्दै हिँड्ने प्रवृत्ति रहेको विश्लेषण गरे ।
उनले भने ‘ओली आश्वासन शिरोमणि मात्र नभई शिलान्यास र उद्घाटन शिरोमणि पनि हुन् ।’
श्रेष्ठले नेपालमा शिल्पी विशेष प्रदेशको संरचना कस्तो हुन्छ भन्ने सन्दर्भमा गैरभौगोलक सङ्घीयताको अन्तर्राष्ट्रिय अनुभवहरू र नेपालमा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको १० जोड १ को प्रादेशिक संरचनासम्बन्धी प्रस्ताव र जनता समाजवादी पार्टीको घोषणापत्र र विधानले गरेको व्यवस्थाबारे प्रशिक्षणात्मक मन्तव्य तथा प्रश्नोत्तरको क्रममा स्पष्ट पारे ।
देशमा एक वैचारिक नेताको छवि बनाएका श्रेष्ठले नेपालमा सङ्घीयता, सुशासन र समृद्धिसहितको समाजवाद आवश्यक रहेको बताउँदै मानिसले मानिसलाई गर्ने सबैखाले शोषण उत्पीडनबाट जनतालाई मुक्त गर्नका लागि पार्टीले समुन्नत सङ्घीय समाजवादको सैद्धान्तिक अवधारणा अगाडि सारेको बताए ।
उनले वर्तमान प्रशासनिक सङ्घीयताबाट पहिचानसहितको समुन्नत सङ्घीयता र बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवादको खोजीको क्रममा नै जसपाले समुन्नत सङ्घीय समाजवादलाई पार्टीको मौलिक सिद्धान्तको रूपमा ग्रहण गरेको बताए ।
शिल्पी विशेष प्रदेश समितिका अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी कार्यकारिणी समिति सदस्य दानवहादुर विश्वकर्मा, केन्द्रीय सदस्यहरू राजन केसी, कमला हेमचुरी, कृष्ण घलान लगायतले पनि आफ्नो मन्तव्य दिएका थिए ।
पार्टी केन्द्रीय सदस्य तथा ३ नं प्रदेशका उपाध्यक्ष न्हुच्छेलाल महर्जनको पनि उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन डि वि नेपालीले गरेको थिए ।

472 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal