कांग्रेस सत्तामा जानका लागि उत्ताउलो हुँदैन – कोषाध्यक्ष सापकोटा
काठमाडौं । नेपाली कांग्रेस धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले कांग्रेसको लागि अहिलेको अवस्थामा सत्ता प्राथमिकताको विषय नभएको बताएका छन् ।
समसामयिक विषयमा कुरा गर्दै उनले निर्वाचनमा जाने र सिस्टम जोगाउने विषयमा कांग्रेसले ध्यान दिएको बताए । ‘कांग्रेसको ध्यान सत्ताभन्दा पनि आफ्नो महाधिवेशन बढी केन्द्रित छ’ उनले भने ‘ कम्युनिष्टलाई जनतालाई दिएको मतको अपमान गरे, फेरि पनि जनतालाई झुक्याउँछु भन्ने सोचेका होलान् त्यो सम्भव छैन ।’ सापकोटाले यो सरकार रहँदासम्म विकास र प्रगति शून्यमा हुने भएकाले तत्काल सरकारबाट प्रधानमन्त्री ओलीलाई हटाउनुपर्ने बताए । ‘कम्युनिष्टकोे सरकार रहुञ्जेलसम्म तानाशाह शासन हुन्छ, अधिनायकवाद र एकाधिकार हुन्छ त्यसैले पनि यसको विकल्प खोज्नुपरेको छ’ उनले थपे ‘ नेपालको कम्युनिष्ट ‘फिलोसोफी’ नै असफल भइसकेको छ, विश्वभर पनि कम्युनिष्ट सकिएका छन्, यहाँ पनि त्यही अवस्था आएको छ ।’
उनले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले देशलाई झन् अन्यौल बनाएको बताए । कोषाध्यक्ष सापकोटाले कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएको पनि आरोप लगाए । कांग्रेसले समयमै निर्णय नगरेको र देशलाई बन्धक बनाएको भनेर भनेर भनिरहेको बेला उनले यसरी प्रष्ट पारे ‘ कांग्रेसले उत्ताउलोपन देखाउँदैन, बेला भएपछि महत्वपूर्ण निर्णय लिन्छ ।’ उनले कांग्रेसको सही निर्णयले देशलाई सही ‘ ट्रयाक’ मा ल्याएको पनि स्पष्ट पारे ।
आगामी महाधिवेशनले कांग्रेसलाई नयाँ गति दिने उनको भनाई छ । ‘कांग्रेसमा पनि नयाँ विचार बोकेका धेरै मानिस छन् त्यसैले पनि नेतृत्वमा पुस्तान्तरण हुनु जरुरी छ’ उनले भने ‘हिजोको दिनमा कांग्रेसले पनि केही गल्ती गरेको होला ती सबैलाई बिर्सेर नयाँ ढंगले अघि बढ्नुपर्दछ, त्यसमै पार्टी र जनताको हित हुन्छ ।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





