म्यानमारमा भएको सैन्य ‘कू’ विरुद्ध दूतावास घेराउ

२०७७ चैत्र १८ गते, बुधबार

काठमाडौं । म्यानमारमा भएको सैन्य ‘कू’ र नागरिकमाथि भएको दमनको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल स्थित म्यानमारको दुतावास घेउरा गर्दै ज्ञापनपत्र बुझाएको छ ।
बुधबार अखिल क्रान्तिकारीले जुलुस सहित ललितपुरको भैँसेपाटीमा रहेको नेपालको लागि म्यानमारको राजदूतावास घेराउ गर्दै सैन्य शासन विरुद्ध प्रर्दशन गरेको हो ।
दुतावास घेराउ गर्दै उनीहरुले ‘म्यानमारमा लोकतन्त्र बहाली गर,सैन्य नरसंहार बन्द गर,म्यानमारको सैन्य कू बन्द गर’ जस्ता नारा लगाएका छन् । म्यानमारको नागरिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै,लोकतन्त्र बहालीको पक्षमा क्रान्तिकारीले दुतावास घेराउ गरेको हो । म्यानमारको जनताको पक्षमा,त्यहाँको स्वतन्त्रताको पक्षमा,त्यहाँको प्रजातन्त्रको पक्षमा र सैन्य दमनको विरुद्धमा दुतावास घेराउ र ज्ञापन पत्र बुझाइएको क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।
झन्डै आधा घण्टा दुतावास घेराउ र प्रर्दशनपछि क्रान्तिकारीका अध्यक्ष तामाङले म्यानमारमा भएको सैन्य कू को बिरोध,नागरिक अधिकार बाहालीलागि विश्वभरबाट दवाव र पर्दशन हुनुपर्ने बताए । उनले म्यानमारको दुतावासले आफ्नो प्रतिनिधि मार्फत ज्ञापन पत्र बुझेको उनले बताए ।
उनले भने–‘बर्मामा भईरहेको अमानवीय व्यवहारको बिरुद्धमा हामीले बिरोध गरेका हौं । दुतावासले हाम्रो ज्ञापन पत्र लिएको छ । अहिलेको २१ औं शताब्दीको समयमा पनि मानवअधिकारको चिरहरण गर्र्दै नागरिकहरूमाथि चरम दमन भएको छ । अखिल क्रान्तिकारीले जस्तै संसारभरीबाट म्यानमारको सैन्य कू र जनताको जमनको बिरोधमा उठ्न आवश्यक छ । हामी त्यहाँको लोकतन्त्रको पक्षमा, त्यहाँको नागरिकको पक्षमा छ ।’

350 Views

ताजा

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal