म्यानमारमा भएको सैन्य ‘कू’ विरुद्ध दूतावास घेराउ
काठमाडौं । म्यानमारमा भएको सैन्य ‘कू’ र नागरिकमाथि भएको दमनको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल स्थित म्यानमारको दुतावास घेउरा गर्दै ज्ञापनपत्र बुझाएको छ ।
बुधबार अखिल क्रान्तिकारीले जुलुस सहित ललितपुरको भैँसेपाटीमा रहेको नेपालको लागि म्यानमारको राजदूतावास घेराउ गर्दै सैन्य शासन विरुद्ध प्रर्दशन गरेको हो ।
दुतावास घेराउ गर्दै उनीहरुले ‘म्यानमारमा लोकतन्त्र बहाली गर,सैन्य नरसंहार बन्द गर,म्यानमारको सैन्य कू बन्द गर’ जस्ता नारा लगाएका छन् । म्यानमारको नागरिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै,लोकतन्त्र बहालीको पक्षमा क्रान्तिकारीले दुतावास घेराउ गरेको हो । म्यानमारको जनताको पक्षमा,त्यहाँको स्वतन्त्रताको पक्षमा,त्यहाँको प्रजातन्त्रको पक्षमा र सैन्य दमनको विरुद्धमा दुतावास घेराउ र ज्ञापन पत्र बुझाइएको क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।
झन्डै आधा घण्टा दुतावास घेराउ र प्रर्दशनपछि क्रान्तिकारीका अध्यक्ष तामाङले म्यानमारमा भएको सैन्य कू को बिरोध,नागरिक अधिकार बाहालीलागि विश्वभरबाट दवाव र पर्दशन हुनुपर्ने बताए । उनले म्यानमारको दुतावासले आफ्नो प्रतिनिधि मार्फत ज्ञापन पत्र बुझेको उनले बताए ।
उनले भने–‘बर्मामा भईरहेको अमानवीय व्यवहारको बिरुद्धमा हामीले बिरोध गरेका हौं । दुतावासले हाम्रो ज्ञापन पत्र लिएको छ । अहिलेको २१ औं शताब्दीको समयमा पनि मानवअधिकारको चिरहरण गर्र्दै नागरिकहरूमाथि चरम दमन भएको छ । अखिल क्रान्तिकारीले जस्तै संसारभरीबाट म्यानमारको सैन्य कू र जनताको जमनको बिरोधमा उठ्न आवश्यक छ । हामी त्यहाँको लोकतन्त्रको पक्षमा, त्यहाँको नागरिकको पक्षमा छ ।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





