पार्टीका मुख्य नेताले गर्न नसकेको काम गरे राप्रपाका युवा नेता नविन शाहीले

२०७७ चैत्र ८ गते, आईतवार

काठमाडौं । राप्रपाका प्रमुख नेताले नै गर्न नसकेको काम पार्टीका केन्द्रीय सदस्य नविन शाहीले गरेर देखाइदिएका छन् ।
राजनीति र समाजसेवामा सक्रिय बन्दै आएका शाहीले शनिवार कालिमाटीमा आयोजित काठमाडौं महानगरपालिका वडा नम्बर १३ को वडा समिति गठनमा उत्साहजनक ढंगले मानिसको सहभागिता गराएका थिए । स्थानीय व्यापारी, समाजसेवी र विभिन्न संघसंस्थामा आवद्धहरुलाई पनि उनले राप्रपाको विचार र सिद्धान्तमा लाग्न आग्रह गरेका थिए । ‘मैले सबैसँग स्पष्ट रुपमा कुरा गरें, मेरो प्रतिबद्धतालाई स्विकार्दैै उहाँहरु पार्टीमा आउनुभएको छ’ नेता शाहीले भने ‘ अहिले आफूलाई प्रमुख पार्टी भनेर दाबी गर्नेहरुका अब दिन गए, उनीहरुबाट जनता वाक्कदिक्क भइसकेकाले नै राप्रपा सबैको रोजाइमा परेको छ ।’
नेता शाहीले राप्रपाका प्रमुख नेताहरुले आयोजना गरेको कार्यक्रममा पनि आफूले उपस्थित गराएजस्तो मानिस नहुने पनि दाबी गरेका छन् । उनले सयौंको संख्यामा पार्टी प्रवेश गरेको पनि बताएका छन् । पूर्वमन्त्री तथा पार्टीका नेता विक्रमबहादुर थापाले उनीहरुलाई फूलमाला र अविर लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्नेहरुले आगामी दिनमा पार्टीको पक्षमा सक्रिय रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । वडा समिति पनि निर्विरोध निर्वाचित भएको छ ।
नेता शाहीले पार्टीको वैशाखमा हुने महाधिवेशनले पार्टीलाई थप बलियो र सशक्त बनाउने बताएका छन् । ‘हाम्रो पार्टीको अब हुने महाधिवेशन विशेष प्रकारको हुने छ, पार्टीले उठाएका एजेण्डाले अब हुने संसदीय, प्रदेश र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्ने छ’ उनले भने ‘राप्रपाप्रति जनताको विश्वास घटेको छैन, भइरहेको विश्वासलाई बचाउन सकियो भनें पनि पार्टी यो देशको वैकल्पिक र निर्णायक शक्ति बन्ने छ ।’

1536 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal