झापा सेवा समाजमा फेरि लक्ष्मण भण्डारी
काठमाडौं । झापा सेवा समाज, काठमाडौंको शनिबार सम्पन्न दोस्रो साधारणसभाले फेरि पनि लक्ष्मण भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । भण्डारीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक टिकाभूषण घिमिरेले जनाए ।
घिमिरेका अनुसार समाजको उपाध्यक्षमा छबिन्द्र ओझा, सचिवमा प्रेमबहादुर खड्का, सहसचिवमा दुर्गा ढकाल र कोषाध्यक्षमा रघुनाथ न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गंगा बराल, डा. क्षमता सुवेदी, प्रबिन निरौला, नवीन लामिछाने, भुपाल उप्रेती, भूमिका भण्डारी, कुलदीप राजवंशी, शिशिर सिम्खडा, शेखर सापकोटा, किशोर दुलाल, नवीन दाहाल, मातृका सुवेदी, हरि नेउपाने, चन्द्र गुरागाई, प्रकाश सापकोटा, एल्बी गोले, गोविन्द दुलाल, एलिजा उप्रेती, कैलाश खरेल र ईन्द्रमणी ढकाल रहेका छन् । कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।
झापा घर भई काठमाडौं आएर विभिन्न पेशा व्यवसाय गर्दै गरेका युवाहरुले झापाको हकहितका लागि काठमाडौंमा बसेर केही सहयोग गरौं भनेर समाजको स्थापना गरिएको उपाध्यक्ष ओझाले जनाए । नवनिर्वाचित अध्यक्ष भण्डारीले समाजले हिजोका दिनमा गरेका सामाजिक कामको चर्चा गरेका थिए । उनले विशेष गरी झापामा शिक्षामा कार्यक्रमलाई केन्द्रित बनाउने बताएका छन् । उनले समाजले झापाबाहेक अन्य ठाउँमा पनि गएर सामाजिक काम गरेको बताउँदै आगामी योजनाबारे पनि सभालाई जानकारी गराएका छन् । समाजका नवनिर्वाचित सचिव खड्काले समाज सबैको साझा संस्था भएकाले त्यही भावना अनुसार अघि बढेको जनाए । उनले सबै विचार र आस्था राख्ने समाजमा आवद्ध भएको बताएका छन् ।
२०७३ सालमा स्थापित समाजले १३ जनाको कार्यसमिति रहने विधानलाई परिमार्जन गर्दै २५ जनाको कार्यसमिति रहने विधान बनाएको हो । अध्यक्ष भण्डारीले छिटै नै कार्यसमितिको बैठक बोलाएर समाजलाई गति दिने पनि स्पष्ट पारेका छन् ।


ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





