पार्टीका मुख्य नेताले गर्न नसकेको काम गरे राप्रपाका युवा नेता नविन शाहीले

काठमाडौं । राप्रपाका प्रमुख नेताले नै गर्न नसकेको काम पार्टीका केन्द्रीय सदस्य नविन शाहीले गरेर देखाइदिएका छन् ।
राजनीति र समाजसेवामा सक्रिय बन्दै आएका शाहीले शनिवार कालिमाटीमा आयोजित काठमाडौं महानगरपालिका वडा नम्बर १३ को वडा समिति गठनमा उत्साहजनक ढंगले मानिसको सहभागिता गराएका थिए । स्थानीय व्यापारी, समाजसेवी र विभिन्न संघसंस्थामा आवद्धहरुलाई पनि उनले राप्रपाको विचार र सिद्धान्तमा लाग्न आग्रह गरेका थिए । ‘मैले सबैसँग स्पष्ट रुपमा कुरा गरें, मेरो प्रतिबद्धतालाई स्विकार्दैै उहाँहरु पार्टीमा आउनुभएको छ’ नेता शाहीले भने ‘ अहिले आफूलाई प्रमुख पार्टी भनेर दाबी गर्नेहरुका अब दिन गए, उनीहरुबाट जनता वाक्कदिक्क भइसकेकाले नै राप्रपा सबैको रोजाइमा परेको छ ।’
नेता शाहीले राप्रपाका प्रमुख नेताहरुले आयोजना गरेको कार्यक्रममा पनि आफूले उपस्थित गराएजस्तो मानिस नहुने पनि दाबी गरेका छन् । उनले सयौंको संख्यामा पार्टी प्रवेश गरेको पनि बताएका छन् । पूर्वमन्त्री तथा पार्टीका नेता विक्रमबहादुर थापाले उनीहरुलाई फूलमाला र अविर लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्नेहरुले आगामी दिनमा पार्टीको पक्षमा सक्रिय रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । वडा समिति पनि निर्विरोध निर्वाचित भएको छ ।
नेता शाहीले पार्टीको वैशाखमा हुने महाधिवेशनले पार्टीलाई थप बलियो र सशक्त बनाउने बताएका छन् । ‘हाम्रो पार्टीको अब हुने महाधिवेशन विशेष प्रकारको हुने छ, पार्टीले उठाएका एजेण्डाले अब हुने संसदीय, प्रदेश र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्ने छ’ उनले भने ‘राप्रपाप्रति जनताको विश्वास घटेको छैन, भइरहेको विश्वासलाई बचाउन सकियो भनें पनि पार्टी यो देशको वैकल्पिक र निर्णायक शक्ति बन्ने छ ।’

ताजा

कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप
२०८१ चैत्र १२ गते, मंगलवार
कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप
२०८१ चैत्र १२ गते, मंगलवार
सरकारविरुद्ध आक्रामक बालेनः मेरा विषयवस्तु गलत भए मलाई जेल हालियोस्
२०८१ चैत्र १२ गते, मंगलवार
चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै
२०८१ चैत्र १२ गते, मंगलवार
लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौः जनार्दन शर्मा
२०८१ चैत्र १२ गते, मंगलवार
कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन
२०८१ चैत्र १२ गते, मंगलवार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार