मर्स्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु
काठमाडौँ । मनाङमा मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन वर्षीय बालकसहित ६ जनाको मृत्यु भएको छ ।
शनिबार अपरान्ह चार बजेतिर नासों गाउँपालिका–३ खोत्रोबाट मर्स्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको उपचार भइरहेको छ। सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक मर्स्याङ्दी नदीमा खसेको हो।
अत्यधिक भारका कारण उकालो चढ्न नसकी अनियन्त्रित भएर ट्रक मर्स्याङ्दी नदीमा खसेको बताइएको छ ।
मालबाहक भए पनि ट्रकमा चालक, सहचाकलसमेत गरी आठ जना यात्रु थिए । उनीहरूमध्ये ६ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा नासों गाउँपालिका–४ ओडारकी ३५ वर्षीया मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन र २६ वर्षीया जलकाशी गुरुङ छन् । यस्तै तीन वर्षीय बालक निहल गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ।
यस्तै मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भएका २१ वर्षीय सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ बस्ने २८ वर्षीय धनमान भनिने राजु विश्वकर्माको पनि मृत्यु भएको छ।
तीन जनाको मनाङ अस्पतालमा, दुईजनाको लमजुङ अस्पतालमा र एकजनाको पुराना मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते हुनेमा सवारीधनीसमेत रहेका चालक सुमन तामाङ र नासों गाउँपालिका–४ का अन्दाजी ७ वर्षका थिउन गुरुङ रहेका छन्। उनीहरुको उपचार भइरहेको छ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





