मर्स्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु

२०७७ चैत्र ८ गते, आईतवार

काठमाडौँ । मनाङमा मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन वर्षीय बालकसहित ६ जनाको मृत्यु भएको छ ।
शनिबार अपरान्ह चार बजेतिर नासों गाउँपालिका–३ खोत्रोबाट मर्स्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको उपचार भइरहेको छ। सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक मर्स्याङ्दी नदीमा खसेको हो।
अत्यधिक भारका कारण उकालो चढ्न नसकी अनियन्त्रित भएर ट्रक मर्स्याङ्दी नदीमा खसेको बताइएको छ ।
मालबाहक भए पनि ट्रकमा चालक, सहचाकलसमेत गरी आठ जना यात्रु थिए । उनीहरूमध्ये ६ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा नासों गाउँपालिका–४ ओडारकी ३५ वर्षीया मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन र २६ वर्षीया जलकाशी गुरुङ छन् । यस्तै तीन वर्षीय बालक निहल गुरुङको पनि दुर्घटनामा मृत्यु भएको छ।
यस्तै मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भएका २१ वर्षीय सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ बस्ने २८ वर्षीय धनमान भनिने राजु विश्वकर्माको पनि मृत्यु भएको छ।
तीन जनाको मनाङ अस्पतालमा, दुईजनाको लमजुङ अस्पतालमा र एकजनाको पुराना मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।
घाइते हुनेमा सवारीधनीसमेत रहेका चालक सुमन तामाङ र नासों गाउँपालिका–४ का अन्दाजी ७ वर्षका थिउन गुरुङ रहेका छन्। उनीहरुको उपचार भइरहेको छ।

223 Views

ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार

निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने

२०८१ चैत्र ८ गते, शुक्रबार

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

२०८१ चैत्र ८ गते, शुक्रबार

नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)

२०८१ चैत्र ८ गते, शुक्रबार

आजबाट एसइई परीक्षा शुरु

२०८१ चैत्र ७ गते, बिहीबार

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन

२०८१ चैत्र ४ गते, सोमबार

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

२०८१ चैत्र ४ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal