टीकापुरमा आजदेखि होली शुरु

कैलाली । कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने बताए । “संस्कृति हाम्रो पहिचान हो, संस्कृतिले सभ्यता सिकाउने भएकाले कला र संस्कृति संरक्षणका लागि सांस्कृतिक समाजको सक्रियता आवश्यक छ”, नगरप्रमुख रावलले भने, “होलीलगायत यस क्षेत्रमा रहेका संस्कृति जोगाउन नगरपालिकाले सक्दो सहयोग गर्नेछ । संस्कृति नयाँपुस्तामा हस्तान्तरण गर्ने विषयमा सबैले सचेत हुनुपर्ने आवश्यकता छ ।”
होली देउडा अष्टमीदेखि शुरु गरिए पनि राति भने पूर्णिमाको केही दिन अगाडिदेखि मात्र खेलिने भएकाले त्यसको व्यवस्थापन गरिने प्रमुख रावलले बताए । “रातिको समयमा होली देउडा खेल्न सुरक्षाका हिसाबले चुनौती छ”, उनले भने, “त्यसलाई व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।”
छलफलमा वडा नं १ का वडाध्यक्ष गङ्गाराम आचार्यले होली एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा आफ्नो सहयोग रहने बताए । देउडाप्रेमीले होली देउडा खेल्ने समय दिउँसो बढाएर रातिको समय छोट्याउनुपर्ने सुझाव दिएका छन् । “विगतका वर्षमा रातिको समयमा खेलिने देउडा अब राति खेल्न सुरक्षा नभएकाले दिउँसोको समय बढाएर दिउँसो मात्र खेल्न जरुरी छ”, देउडा संरक्षणकर्मी देवानन्द रिमालले भने, “संस्कृति पनि संरक्षण होस्, समय पनि व्यवस्थापन हुने गरी चाडपर्व मनाउनुपर्छ ।”
टीकापुरमा आयोजना हुने होली देउडा हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला र प्रदेश नं ५ का बर्दिया, बाँकेका नागरिक पनि हेर्न आउने गर्छन् ।
सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरी आएका नागरिकले खेल्ने होली देउडा पछिल्लो समय सबै नागरिकले खेल्ने गरेका छन् । होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर, फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ ।
सांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडाको अभ्यास गराइरहेको छ । (रासस)
ताजा

स्थानीयले जलविद्युत आयोजना तो,डफोड गरे
२०७९ श्रावण २९ गते, आईतवार
स्थानीयले जलविद्युत आयोजना तो,डफोड गरे
२०७९ श्रावण २९ गते, आईतवार
छोरी भएकै कारण बुवा र परिवारबाट हे,ला भएकी पूजा शर्माको रु,वाउने कथा (पढेर शेयर पनि गर्नुहाेला)
२०७९ श्रावण २९ गते, आईतवार
झापा उडेको यती एयरलाइन्सको जहाजमा भयो अचम्मको घ,टना , केहि मिनेट मै काठमाडौँ फर्कियो
२०७९ श्रावण २९ गते, आईतवार
धमाधम उठ्न थाल्याे राजधानीको फो,होर
२०७९ श्रावण २९ गते, आईतवार
साउदीमा दु,र्घटनामा परेर ग,म्भिर घा,इते भई नेपालमा उपचार, आर्थिक सहयोगका लागि परिवारको हा,रगुहार !
२०७९ श्रावण २९ गते, आईतवार
म बाँचुञ्जेल मेरो घरमा बस्न पाउँछु, बि,रामी भएँ भने उपचारका लागि म मेरो घर बे,च्न पाउँदिनँ : (ओली)
२०७९ श्रावण २९ गते, आईतवार
कमल थापाले ‘गाई’ नपाउने पक्कापक्की, कति मत आउला तिरमा ?
२०७९ श्रावण २९ गते, आईतवार
कसैसगँ डर हुदैन भने भगवनाको डर हुनुपर्छ, मधेशी नेतृत्वले त भगवानलाई पनि टेरेनन्ः रवि लामिछाने
२०७९ श्रावण २९ गते, आईतवारचरम सत्ता मोह र राष्ट्रियताको कोशेलीे
२०७९ श्रावण २९ गते, आईतवार
नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन
२०७९ श्रावण २९ गते, आईतवारलोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित
२०७९ श्रावण २१ गते, शनिबारशिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार